-कसैको छोरा वा बुवा लडेको कारण उम्मेवारी दिएको होइनः गगन थापा
काठमाडौं–नेपाली कांग्रेसका युवा नेता गगन थापाले अहिलेको कर्मकाण्डी कांग्रेसको राजनीतिक फरमेट परिवर्तन गर्नको लागि आँफू महामन्त्रीमा प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।
नेपाली कांग्रेसको १३ औँ महाविधेशन स्थलकै मिडिया सेन्टरमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्रीका प्रत्यासी थापाले जोखिम मोलेर नै आँफूले उम्मेदवारी दिएको बताए। पत्रकारले तपाई आफ्नै ससुरा अर्जुननरसिहं केसीलाई चुनाव जिताउन र शशांकलाई चुनाव हराउन उम्मेदवारी दिएको चर्चा छ नी भन्ने प्रश्नमा थापाले भने, 'पार्टी सभापति कोइराला जिवित छँदानै केसी र कोइरालाले भन्दा पहिलेनै महामन्त्री बन्ने निर्णय गरेकोले उम्मेदवारी दिएको हुँ। उहाँहरु(केसी र कोइराला)ले अहिले आएर उम्मेदवारी दिनुभएको हो ।'
थापाले 'कसको छोरा वा कसको वुवा' लड्नु भएको छ भन्ने विषय होइन,' उने भने, 'यो पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा होमिएको छु ।' उनले आँफु मुर्ख राजनीतिज्ञ नभएको बताउँदै थापाले आफ्नै प्रतिद्वन्द्वी शशांक कोइरालाले सञ्चार माध्यममा दिएको अभिव्यक्ति लक्षित गर्दै भने, ' संघीयता, समावेशिता र गणतन्त्र विषय पुनरावोलकन गर्न खोज्ने लक्जरो कुरा हो । यही बाटोबाट बाँकी रहेको राजनीतिक कोर्सलाई पुरा गर्नुपर्छ ।'

