-दुई वर्ष अघि मरेकी श्रीमतीले टेलिभिजनमार्फत श्रीमानलाई खोजेपछि .......(भिडियो सहित )...

बार्सिलोना, चलचित्र र टिबी सिरियलमा हीरो या हीरोइन मरेपछि फेरी जिउँदो भएर आएको तपाईहामीले देख्दै आएका छौं । तर के वास्तविक जीवनमा पनि यस्तो सम्भव होला र ? यस्ता सम्भव छैन । तर स्पेनमा एउटा अचम्मको खबरले सबैलाई चकित पारेको छ ।

 पतीले आफ्नै हातले अन्तिम संस्कार गरेकी श्रीमतीले दुई वर्षपछि टेलिभिजनमार्फत श्रीमानसँग सम्पर्क गर्न खोजेको समाचारले कौतुहलता झनै बढाएको छ । घटना विवरण अनुसार, अबराह मोहम्मदले आफ्नो श्रीमतीलाई मृत ठानेर ताबुतमा राखेर लास गाडेका थिए ।

 एउटा दुर्घटनामा श्रीमतीको मृत्यु भएपछि कपडामा बेरिएको लासलाई उनले इस्लामी रीतिरिवाज अनुसार अन्तिम संस्कार गरेका थिए । कासाब्लांका का अस्पतालका डाक्टरहरुले उनलाई उनको श्रीमतीको गम्भीर चोट लागेका कारण देहान्त भएको बताएका थिए ।

 त्यसो भए तिनकी श्रीमती कसरी टेलिभिजनमा देखा परिन त ? जुन महिलालाई सिंगो परिवारले मृत मानेको थियो, वास्तवमा तिनी मर्दै नमरेको कुरा पछि खुलासा भयो । दुर्घटनामा उनी घाइते मात्रै भएकी रहिछन् । मिरर अनलाईनमा प्रकाशित समाचार अनुसार “मृत्यु” भएको दुई वर्षपछि परिवार सँगै बसेर चर्चित टिभी शो “अल मुजाफन” हेर्न बसेको बेला अबराहकी पत्नीले शोमा आफ्नो श्रीमानसँग सम्पर्क गर्न खोजेको बताईन । अबराहले भने पछि मात्रै यो कुरा थाहा पाएपछि पुरै घटनाको जाँच पड्ताल गरेको खबर छ ।

 अबराहले दिएको अन्तर्वातामा उनले आफूले अन्तिम संस्कार गर्दा शरीर र अनुहार नहेरेको बताए । डाक्टरले श्रीमतीको मृत्यु भएको बताएर कपडामा बेरिएको लास दिएपछि त्यसलाई ताबुतमा राखेर गाडियो, उनी त जिउँदै रहिछन्” अबराहले भनेका छन् । पछि सोधपुछ गर्दा अबराहकी श्रीमती दुर्घटनापछि होस गुमाएर अजीलाल नामक सानो पहाडीमा शहरमा दुई वर्ष बसेको थाहा भयो । 




प्रतिक्रिया दिनुहोस्...