-ल्यारक्यालको यात्रा : कांग्रेस-एमाले हुँदै एमाओवादीसम्म..गोलीसहित पक्राउ, ५ दिन थुन्न आदेश..(भिडियो सहित )..

१ चैत, काठमाडौं ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ मा ल्यारक्याललाई गुम्बा व्यावस्थापन समितको अध्यक्षमा नियुक्ति गरेका थिए ।


सिन्धुपाल्चोकका कांग्रेस नेता मोहन बस्नेतले खुमबहादुर खड्का मार्फत उनको नियुक्ति गराएका छन् ।

अमेरिकाबाट गुम्बा विकासमा टन्न सहयोग ल्याउँछुभनेपछि हाम्रै पालामा उनलाई अध्यक्ष नियुक्ति गरिएको हो, श्रोतले भन्यो ।
०६३ पछि फेरि उनी कांग्रेससँग निकट भएर सभासद् हुने खेलमा लागे । तर, सभासद् हुने संभावना नदेखेपछि एमालेमा लागे । सिन्धुपाल्चोक एमालेका नेता मार्फत उनले पार्टीको ठूला नेतासँग हिमचिम बढाए ।

अमृत बोहोरा र ईश्वर पोखरेल मार्फत एमालेको समानुपातिक सभासद भए । सभासद् हुँदा उनलाई धेरै एमाले नेताहरुले नै चिन्दैनथे । दोस्रो संविधानसभामा पनि एमालेबाटै सभासद बन्ने योजनामा थिए । तर, एमालेभित्र पहिलेको विवादका कारण नेताहरु जोखिम मोल्न तयार भएनन् ।

त्यसकारण उनी एमाओवादीतिर लागे । समानुपातिकको सूची बुझाउने अघिल्लो दिन उनी एमाओवादी प्रवेश गरे ।

एमाओवादीको चुनावमा राम्रो मत नआएपछि उनी समानुपातिक सभासद् बन्न पाएनन् । तर, पछि संविधानसभा अदालतले ५ कार्त्तिक ०७१मा सभासद् शम्भु हजारा पासवानको पद खारेज गरेपछि ल्यारक्यालले सभासद हुने मौका पाएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस्...