-हिमाली भेगमा यी पाइलालाई पछ्याउदै जादा यस्तो डरलाग्दो मान्छे भेटियो.. हेर्नुहोस्..(भिडियो सहित )..
अहिलेसम्म रहस्यमय मानिएको हिमाली जीव यतिका पाइला भेटिएको भन्दै पदयात्री स्टिभ बेरिले सनसनीपूर्ण दाबी गरेका छन्।अहिलेसम्म कसैले नदेखेको हिम मानव (यति) को बारेमा लामो समय देखि कथा चल्दै आएको छ।
भुटानको हिमालयमा पदयात्रामा रहेका स्टिभले खिचेको यो तस्बिरमा देखिएका पाइला निकै रहस्यमय छन्। चार खुट्टे प्राणीका पाइला भएको भए तस्बिरमा देखिएझै पाइला बन्ने थिएनन। ठुला ठुला पाइला बनाउने सो जीव यति नै हुनसक्ने स्टिभले दाबी गरेका हुन।
यो पाइला विश्वकै अग्लो अहिलेसम्म नचढिएको भुटानको ग्याङखार पुनसम हिमालमा स्टिभसंगै गएका भुटानी गाइडले २०० यार्ड परबाट अक्टोबर २०१४ मा खिचेका थिए।
त्यहाँका स्थानीयले सो क्षेत्रमा अरु मानिस नगएको समेत बताइएको स्टिभ भन्छन्।
पाइला भेटेको ४ दिनपछि स्टिभ मानव वस्तीमा पुगेका थिए, जहाँ उनले आफुले देखेको ठूला पाइलाको बारेमा बताए। ११ वर्ष पहिले एक याक गोठालाले सोही क्षेत्रमा यति देखेको समेत त्यहाँ बताइयो।यतिलाई भुटानमा मिगो भनिन्छ।
‘खेरौ लामो कपालले पुरै ढाकिएको थियो, अनुहारमा विरोलोको जस्तो रौं थियो, तर मानिस जत्रै अग्लो थियो’,११ वर्ष अघिको घटना सम्झदै सो स्थानीय बताउँदै थिए।
तिब्बती कथामा यतिलाइ राती सुसेल्दै हिडने, एक मुक्कामा मार्न सक्ने शक्तिशाली रहस्यमय जीवको रुपमा बताइने गरेको पाइन्छ। जसले विश्वास गर्छ उसैलाइ मात्र यति देखिने कथा चल्दै आएको छ।

