-महाधिवेशनका लागि संस्थापन छोडेर देउवातिर लाग्नेहरु.. को को हुन् त..? ...पुरा समाचार पढ्नुहोस्..
काठमाडौं ।
नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशनमा नेतृत्वको दौडमा ३ प्यानल सक्रिय भएका छन् । सभापतिका लागि ३ उम्मेदवारले प्यानल सहित उम्मेदवारी दर्ता गराइसकेका छन् ।
संस्थापन पक्षबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला प्यानल बनाएर अगाडी आएका छन् भने शेर बहादुर देउवाको पुरानै गुट एक्ला उम्मेदवार देउवासहित अघि बढेको छ ।
सुशिलको निधनपछि सहजै सभापति बन्ने अपेक्षा राखेका रामचन्द्र पौडेललाई संस्थापनमा आएको विभाजन फलामको चुनौतीको पहाड बनेको छ ।
सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर कार्कीको उम्मेदवारी परेको छ । पदाधिकारीमध्ये अन्य सबै समूहमा रहेका छन् भने कार्की एक्लैले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
अन्तिम समयमा संस्थापन छोड्नेहरुः
यस पटकको महधिवेशनमा पनि सुशील कोइराला नै सभापति बन्ने निश्चित जस्तै थियो । तर दुर्भाग्यबस महाधिवेशनको पूर्वसन्ध्यामा सुशीलको निधनले संस्थापन पक्ष भनिने गुट कमजोर बनेको छ । छिन्न भिन्न बनेको संस्थापन गुटको मत विभाजित हुँदा देउवा पक्षलाई भने फाइदा भएको छ ।
संस्थापनकै २ प्यानल त छन् नै संस्थापनका कतिपय प्रभावशाली नेताहरुले नै रामचन्द्रको साथ छोडेर देउवा पक्षमा लागेका छन् ।
महाधिवेशनको मुखमा कित्ता परिवर्तन गर्दै महामन्त्री हात पार्ने दौडिएका अर्जुननरसिंह केसी मात्र होइन पाका नेता केबी गुरुङ र युवा नेता विश्वप्रकाश शर्मा समेत देउवा खेमामा देखिएका छन् ।
भ्रष्टाचारी करार भैसकेका गोविन्दराज जोशीले पनि संस्थापन छोडेर देउवा पक्षमा फाइदा लिने दाउमा छन् । पूर्वसभामुख तारानाथ रानाभाट चर्चित नेता फर्मुल्ला मन्सुर र कोइराला निकटका चन्द्र भण्डारीले पनि संस्थापन छोडेर देउवालाई साथ दिएका छन् ।
नेपाली कांग्रेसको जारी महाधिवेशनमा जति रोचक सभापतिको चुनाव छ त्यति नै रोचक महामन्त्रीको प्रतिस्प्रधा पनि छ। सभापतिको चुनाव ज्यादा दुइपक्षीय हुने संभावना रहेको बताइन्छ तर महामन्त्रीमा भने भिडन्त त्रिपक्षीय नै हुने करिव निश्चित छ।
सस्थापनबाट शेर बहादुर देउवा पक्षमा पुगेका अर्जुन नर्सिङ केसी, संस्थापनबाट अवसर नपाउने भएपछि कृष्ण सिटौलाको थर्ड पार्टीमा पुगेका अर्जुनकै ज्वाइँ युवा नेता गगन थापा र रामचन्द्र पौडेलको प्यानलमा बिपी कोइरालाका कान्छा छोरा शंसाक कोइराला महामन्त्रीमा भिड्दैछन्।
क – कसले देउवा तिर च्याखे थापे ?
संस्थापन पक्षका केन्द्रीय सदस्य चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई र श्यामकुमार घिमिरे देउवातिर सरेका छन् । बुढाथोकी,भट्टराई र घिमिरे कोइरालाबाटै मनोनीत सदस्य हुन् ।
त्यस्तै प्रभावशाली युवानेता विश्वप्रकाश शर्मा, मोरङका सभापति अमृत अर्याल, कास्कीका नेता शुक्रराज शर्मा, लमजुङका सभापति कृष्ण कोइरालाले देउवालाई साथ दिने भएका छन् ।
देउवा पक्षबाट केन्द्रीय सदस्य निर्वाचित डा. मीनेन्द्र रिजाल दुई वर्षदेखि संस्थापन पक्षमा छन् ।
विभाजित संस्थापन र संस्थापनबाटै अन्तिम समयमा साथ छोड्नेहरुले कहाँ कस्तो कस्तो भाग पाउँछन् त्यो भने हेर्न बाँकी छ ।

