-श्रीमती हत्याको बदलामा बहिनीसँग सम्बन्ध ....(भिडियो सहित )..
एजेन्सी । पाकिस्तानको पंजाबस्थित सूबेको एक पञ्चायतले हत्याका एक अभियुक्तलाई आफ्नी १० वर्षकी नाबालिग बहिनीको विहे पीडितका एक नातेदारसँग गरिदिन आदेश दिएका छन् ।
बीबीसी हिन्दीले प्रकाशित गरेको समाचार अनुसार पाकिस्तानमा पारिवारिक विवाद सुल्झाउनका लागि सम्झौताको नाममा यस्तो विहे हुने गर्छ । यसलाई ‘वानी’ भनिन्छ । यद्यपी यो गैरकानुनी हो ।
पञ्जाबको रहिमयार खान जिल्लामा एक पुरुषलाई श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गर्यो । त्यसपछि गाउँका वृद्धहरुको उपस्थितीमा पंचायत बैठक बस्यो । पंचायतले अभियुक्तलाई आफ्नी १० वर्षीय बहिनीको विहे आफ्नी श्रीमतीकी १४ वर्षीय नातेदारसँग गरिदिने निर्णय सुनायो ।

