-यसरी हटाउनुहाेस अनुहारमा भएका कालो पोतो , कालो दाग तथा चाउरी पना.....(भिडियो सहित )..भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस्

अनुहार चम्काउन  सौन्दर्ये  प्रशाधनमा हजारौ खर्च गर्ने गर्छाै  तर कतिपय यस्ता  सामग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् ।  मापदण्ड भन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार पनि बनाएका छन् । तर साइड इफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्येका पारखिहरुको ध्यान गएको पाइदैन । केहि यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मदत गर्छ ।


गोलभेडा : अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने टमाटरलाइ लेदो बनाई पुरै अनुहारमा लगाउने , २० मिनेट पछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फ़ाइदा हुनुको साथै दाग हटेर जान्छ ।
आलु : आखा वरिपरि  कालो घेरा छ भने आलुलाई कोरेसोमा कोर्ने र आखामाथी बाट कोरेको आलु १५ मिनेट सम्म राखेर नियमित रुपमा सफा गरे कालो घेरा समाप्त हुन्छ ।

मेवा : मेवामा पाइने एनजाइमले छालाको मृतकोष  हटाइ नया कोष उत्पन्न  गर्छ र छाला मुलायम हुन्छ । लगातार केहि महिना लगाउने हो भने छालाको सबै दाग हराउछ ।

तुलसीको पात : तुलसीको पातलाइ कागतीको रसमा मिसाएर मसिनो पेस्ट बनाइ अनुहारमा लगाएर २० मिनेट पछि सफा गर्दा छालामा भएको दाग एवं चाउरि समाप्त हुन्छ।

बेसार: काचो बेसारमा मसिनो लेप दुधमा हाली पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण   शरीरमा हल्का मालिस गर्ने । यो मलिसले केहि दिनमै सम्पूर्ण शरीरको छालामा निखार आइ छाला मुलायम , गोरो एवं बेदाग देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्...