-होटलमा यौन धन्दामा संलग्न युवायुवतीलाई पुलिसले छापामार्दा यसरी रंगे हात समाते हेर्नुहोस (भिडियो सहित )...

सिरहा– सिरहाको गोलबजार नगरपालिका–४ स्थित मनोज होटलमा अनैतिक क्रियाकलापमा संलग्न तीन जोडी युवायुवती र होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


 यौनधन्दामा संलग्न गोलबजार नपा–९ का रवि पण्डित, सर्लाही मलङ्गवा नपा–९ का रुद्रबहादुर सार्की र भारत विहार जयनगरका सिवाल सिंह पक्राउ परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

 उनका अनुसार यौनधन्दा चलाउने होटल सञ्चालक गोलबजार नपा– ४ का राजु साहलाई पनि पक्राउ गरिएको छ । यस्तै यौनधन्दामा संलग्न तीन युवतीको नाम भने गोप्य राखिएको प्रहरी निरीक्षक निरौलाले बताए ।

उनका अनुसार सिरहाको लहान नपा–५ की महरा थरकी, धनुषा बरमझिया–९ की खातुन थरकी र सिन्धुली दुधौली–४ की महरा थरकी युवती पक्राउ परेका छन् ।



प्रतिक्रिया दिनुहोस्...