-राजेशपायल र केकी फेरि सँगै आखिर किन ...? के छ त त्येस्तो..?
काठमाडौँः गत वैशाखमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका परिवारको सहयोग र भत्किएका विद्यालयको पुनर्निर्माणका लागि दुई राजेशले अमेरिकामा प्रस्तुती दिने भएका छन् । नेपाली रजतपटका महानायकको संज्ञा पाएका राजेश हमाल र नेपाली गायन क्षेत्रका वादशाहको परिचय पाएका राजेश पायल राईले अमेरिकाको विभिन्न राज्यमा आफ्नो कलाकारिता प्रस्तुत गर्ने भएका हुन् ।
उनीहरुको साथमा हुनेछन्, अभिनेत्री केकी अधिकारी र कलाकार सन्दीप क्षेत्री । कार्यक्रम वैशाख एक गते नेपाली नयाँ वर्षका सँगै हाउसटन बाट सुरु हुने कार्यक्रम संयोजक रोशन हमाल ठकुरीले जानकारी दिए ।
केकी र राजेशपायल एकअर्कामा मिल्ने साथी हुन् । एक समय उनीहरुबीच प्रेम सम्बन्ध रहेको चर्चा पनि थियो । तर, यो चर्चालाई भने दुबैले एकसाथ ‘होइन’ भनेका थिए । राजेशले सधैं केकीको तारिफ गर्ने गरेका छन् । केकीको निर्दोशपनाले आफूलाई सधै तान्ने गरेको उनको भनाई छ ।
हाउसटनबाट सुरु हुन ‘शो’ अमेरिकाका विभिन्न राज्यमा हुनेछ । दुई राजेशको यो ‘शो’ पहिलो पटक भने होइन यो भन्दा अगाडि, भारत, मलेसिया, कतार र अस्ट्रेलियामा यो जोडी जमिसकेको छ । अमेरिकामा आयोजना हुने ‘शो’ को आयोजना घासी नेपालले गरेको हो ।

