-नेपालका १० शक्तिशाली महिलाहरु को को हुन् ..? पुरा समाचार पढ्नुहोस्..
- नवराज विष्ट
शक्तिका अनेक आयाम हुन्छन् । यसको रुपअनुसार यसलाई परिभाषित गर्न सकिन्छ । जस्तो, जर्मन चान्सलर एन्जेला मर्केल विश्वका शक्तिशाली महिला हुन्, त्यस्तै मिसेल ओबामा पनि विश्वका शक्तिशाली महिला हुन् । एन्जेला मर्केल जसले दशकयता युरोपको सम्पन्न र शक्तिशाली राष्ट्र जर्मनीलाई प्रभावकारी नेतृत्व दिन सफल छिन् । तर, मिसेल ओबामा कुनै देश वा सङ्गठनको कार्यकारी भने होइनन् । उनी मात्रै अमेरिकी राष्ट्रपति बाराक ओबामाकी पत्नी हुन् ।
एन्जेला र मिसेलले प्रयोग गर्ने शक्तिका आयाम फरक छन् । तर, उनीहरु दुबैमा शक्ति छ । दुबै शक्तिशाली हुन् नयाँ पेजले पनि नेपालका १० शक्तिशाली महिलाहरुको सूची तयार पारेको छ । यी शक्तिशाली महिलाहरु कसैले आफैँले संघर्षबाट शक्ति आर्जन गरेका हुन्, त कसैले ‘सम्बन्ध र साइनो’बाट । नेपाली समाज यस्तो अवस्थामा छ, जहाँ राजनीति हाबी र प्रभावी छ । यस कारण यहाँ पनि राजनीतिसँग सम्बन्धित महिलाहरु नै परेका छन् । हेर्नुहोस् नेपालका १० शक्तिशाली महिला:-
१. विद्यादेवी भण्डारी
किनभने,
उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन् । र, नेपालको राष्ट्रप्रमुख र नेपाली सेनाको परमाधिपति । उनी एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रवर्तक जननेता मदन भण्डारीको धर्मपत्नी पनि हुन् । खासगरी मदनको ‘षड्यन्त्रपूर्वक हत्या’पछि विद्यादेवी राजनीतिमा खरो गरी उत्रिइन् ।
किनभने,उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन् । र, नेपालको राष्ट्रप्रमुख र नेपाली सेनाको परमाधिपति । उनी एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रवर्तक जननेता मदन भण्डारीको धर्मपत्नी पनि हुन् । खासगरी मदनको ‘षड्यन्त्रपूर्वक हत्या’पछि विद्यादेवी राजनीतिमा खरो गरी उत्रिइन् ।
२०५० सालको उपनिर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि चर्चित भइन् उनी । शक्तिको यात्रामा अघि बढिन् । राष्ट्रपतिमा निर्वाचित हुनअघि उनी एमालेको ‘शक्तिशाली उपाध्यक्ष’ र जनवर्गिय संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष समेत थिइन् ।
भण्डारीलाई जननेता मदन भण्डारीकी पत्नीका रुपमा पनि आदर गरिन्छ । यद्यपि भूमिका र सक्रियताको हिसाबले उनी आफैँ पनि सक्षम र प्रभावी नेतृ हुन् । उनी २०६५ सालमा बुटवलमा भएको आठौँ र काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भइन् । पार्टीभित्र भण्डारी नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट थिइन् । एमालेको नेतृत्व र नीति निर्माण पनि उनको भूमिका हस्तक्षेपकारी थियो ।
उनी गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति हुन् । नेपालको राष्ट्रप्रमुख र नेपाली सेनाको परमाधिपति समेत । उनको भूमिकाले मुलुकलाई अघि बढाउने सन्दर्भमा निकै ठूलो महत्व राख्दछ । राष्ट्रपतिमा निर्वाचित हुनअघि उनलाई एमालेको भावी अध्यक्षको एक जना दाबेदारको रुपमा हेरिएको थियो । राष्ट्रपति भए पनि उनको पार्टी एमालेमा उनी अझैं अप्रत्यक्षरुपमा प्रभावी छिन् । यस कारण विद्यादेवी भण्डारी नेपालको सबैभन्दा शक्तिशाली महिला हुन् ।
२. ओनसरी घर्ती मगर
किनभने,
रोल्पाको सामान्य किसान परिवारबाट राजनीतिमा होमिएकी घर्ती मुलुकको ५ वटा सर्वोच्च पद मध्ये एउटा सभामुख हुन् । माओवादी सशस्त्र द्वन्द्वका समयमा ओनसरी माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक थिइन् । जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिला मध्ये उनी पनि एक थिइन् ।
किनभने,रोल्पाको सामान्य किसान परिवारबाट राजनीतिमा होमिएकी घर्ती मुलुकको ५ वटा सर्वोच्च पद मध्ये एउटा सभामुख हुन् । माओवादी सशस्त्र द्वन्द्वका समयमा ओनसरी माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक थिइन् । जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिला मध्ये उनी पनि एक थिइन् ।
घर्ती २०६४को पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य बनेकी थिइन् । रोल्पादेखि पूर्वी पहाडसम्म माओवादी सशस्त्र सङ्घर्षलाई फैलाउन विशेष भूमिका निर्वाह गरेकी घर्तीले माओवादी सेनाको उच्च तहमा समेत काम गरेकी थिइन् । पूर्वी पहाडमा माओवादी युद्धलाई फैलाउनमा उनको विशेष भूमिका थियो । २०६७ मा झलनाथ खनाल मन्त्री परिषद्मा युवा तथा खेलकुदमन्त्रीसमेत भइन् । पार्टीका ठूला र स्थापित नेताले निर्वाचनमा पराजय भोगिरहँदा माओवादी जनयुद्धको आधारभूमि मानिने रोल्पा क्षेत्र नं २ बाट निर्वाचन जित्ने उनी एक्ली महिलाका हुन् । दोस्रो संविधानसभामा उनले उपसभामुखको भूमिका निर्वाह गरिन् ।
संविधानसभाबाट नेपालको संविधान जारी भएपछि उनी सभामुखमा निर्वाचित भइन् । संसदीय अभ्यास गरिरहेको नेपालमा संसदको सरकार र संवैधानिक निकायसँगै संसदको भूमिका महत्वपूर्ण छ । कतिपय सन्दर्भमा सरकार र संबैधानिक अङ्गलाई समेत संसदले निर्देश गर्ने अधिकार राख्दछ । तिनै शक्तिशाली निकायको उनी प्रमुख हुन् । उनी तेस्रो ठूलो दल एमाओवादीका प्रभावी नेता बर्षमान पुन ‘अनन्त’की श्रीमती हुन् । सभामुख भएपनि एमाओवादीमा समेत अप्रत्यक्ष रुपमा उनको भूमिका प्रभावी हुन्छ ।
३. सुशिला कार्की
किनभने,
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश न्याय परिषद्मा सदस्य हुने व्यवस्था छ । त्यसअनुसार अहिलेसम्म कोही पनि महिला परिषद्को सदस्य भएका थिएनन् । न्यायपरिषद्मा पहिलो पटक महिला सदस्य भएकी छन्, उनी हुन् सुशिला कार्की । न्यायाधीश कार्की, वरिष्ठताकै आधारमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठको कार्यकाल चैत अन्तिममा सकिएसँगै प्रधानन्यायाधीश पनि बन्दै छिन् । २०६७ सालदेखि सर्वोच्चको स्थायी न्यायाधीश बनेकी कार्की, न्यायाधीश समाज नेपालकी सदस्य तथा महिला न्यायाधीशहरूको अन्तराष्ट्रिय संगठनको सदस्य पनि छिन् ।
किनभने,सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश न्याय परिषद्मा सदस्य हुने व्यवस्था छ । त्यसअनुसार अहिलेसम्म कोही पनि महिला परिषद्को सदस्य भएका थिएनन् । न्यायपरिषद्मा पहिलो पटक महिला सदस्य भएकी छन्, उनी हुन् सुशिला कार्की । न्यायाधीश कार्की, वरिष्ठताकै आधारमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठको कार्यकाल चैत अन्तिममा सकिएसँगै प्रधानन्यायाधीश पनि बन्दै छिन् । २०६७ सालदेखि सर्वोच्चको स्थायी न्यायाधीश बनेकी कार्की, न्यायाधीश समाज नेपालकी सदस्य तथा महिला न्यायाधीशहरूको अन्तराष्ट्रिय संगठनको सदस्य पनि छिन् ।
न्यायक्षेत्रमा उनी हकी स्वभाव र इमान्दार छविकी न्यायधीशको रुपमा चिनिन्छिन । नेपालको न्यायक्षेत्रमा कार्कीको निर्णयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले उनलाई शक्तिशाली महिलाका रुपमा लिइन्छ । सर्वोच्च अदालत नेपालको शक्तिशाली निकाय हो । कतिपय सन्दर्भमा आलोचकहरुले सर्वोच्च अदालतलाई सरकारको समानन्तर निकाय पनि भन्छन् ।
सरकारको धेरैजसो महत्वपूर्ण निर्णयमा नेपालको सर्वोच्च अदालतले अङ्कुश लगाइदिएको इतिहास छ । सर्वोच्चको आदेशकै कारण कतिपय राजनैतिक घटनाक्रमहरु नयाँ मोडमा गएको इतिहास पनि छ । ती धेरै घटना मध्ये एक हो, पहिलो संविधानसभा । जो सर्वोच्चले तोकिदिएको आयुमा काम गर्न नसकेपछि विघटन भयो । तिनै शक्तिशाली निकायको एक शक्तिशाली सदस्य र हुनेवाला प्रमुख भएकाले उनी नेपालको शक्तिशाली महिला हुन् ।
४. डा. आरजु राणा
किनभने,
आरजु राणा देउवा नेपाली कांग्रेसकी नेतृ हुन् । राजनीति बाहेक गैरसरकारी संस्था सञ्चालनमा संलग्न सांसद राणाले साथी, समानता लगायत एनजीओहरूको सञ्चालन गर्दै आएकी छिन् । मनोविज्ञानमा पिएचडी गरेकी राणा सामाजिक अभियान र आन्दोलनमा उनी निकै प्रभावी छिन् ।
किनभने,आरजु राणा देउवा नेपाली कांग्रेसकी नेतृ हुन् । राजनीति बाहेक गैरसरकारी संस्था सञ्चालनमा संलग्न सांसद राणाले साथी, समानता लगायत एनजीओहरूको सञ्चालन गर्दै आएकी छिन् । मनोविज्ञानमा पिएचडी गरेकी राणा सामाजिक अभियान र आन्दोलनमा उनी निकै प्रभावी छिन् ।
त्यो भन्दा ठूलो उनी मुलुकको सबैभन्दा ठूलो र पुरानो दल नेपाली कांग्रेसका शक्तिशाली सभापति शेरबहादुर देउवाकी श्रीमती हुन् । कांग्रेस पुरानो लोकतान्त्रिक पार्टी मानिए पनि कांग्रेसमा पार्टी सभापतिको भूमिका निर्णायक हुन्छ । ‘सभापतिको निर्णय नै कांग्रेसको निर्णय’ जस्तो हुन्छ । यस कारण अबका ५ वर्ष कांग्रेसमा देउवाको निर्णय लागु हुन्छ । तिनै देउवाको निर्णयलाई आरजुले प्रभाव पार्न सक्छिन् । यसअघि देउवा प्रधानमन्त्री हुँदा समेत आरजुको प्रत्यक्ष हस्तक्षेप भयो भनेर आलोचना भएको थियो ।
कांग्रेसले चाहेमा वा गरेमा नेपाली राजनीतिक रङ्गमञ्चको रङ्ग तत्कालै बदलिन सक्छ । त्यसमा देउवाकै निर्णय महत्वपूर्ण हुन्छ । तर, देउवाको महत्वपूर्ण निर्णयलाई समेत आरजुले असर पार्न सक्छिन् । देउवाले परिवर्तन गर्न सक्छ तर देउवालाई आरजुले प्रभावित पार्न सक्छिन् । परिर्वतन गर्न सक्ने नेतालाई प्रभावित पार्ने भएकाेले उनी नेपालको शक्तिशाली महिला हुन् ।
५. सीता दाहाल
किनभने,
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती हुन् सीता दाहाल । ०२६ सालमा प्रचण्डसँग विवाह गर्दा उनीहरु दुवैको उमेर १५ वर्षको थियो । प्रचण्डभन्दा ६ महिना जेठी सीताले प्रचण्डको हरेक राजनीतिक उतारचढावमा बलियो साथ दिँदै आएकी छिन् । प्रचण्ड नेपालको शक्तिशाली नेता मध्येका एक हुन् । उनको भूमिकाको कारण नेपालको राजनीतिक रङ्गमञ्चको रङ्ग बदलिएको छ ।
किनभने,एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती हुन् सीता दाहाल । ०२६ सालमा प्रचण्डसँग विवाह गर्दा उनीहरु दुवैको उमेर १५ वर्षको थियो । प्रचण्डभन्दा ६ महिना जेठी सीताले प्रचण्डको हरेक राजनीतिक उतारचढावमा बलियो साथ दिँदै आएकी छिन् । प्रचण्ड नेपालको शक्तिशाली नेता मध्येका एक हुन् । उनको भूमिकाको कारण नेपालको राजनीतिक रङ्गमञ्चको रङ्ग बदलिएको छ ।
अझै बदलिन सक्छ । तिनै शक्तिशाली नेतालाई प्रभावित पार्ने शक्ति सीतासँग छ । प्रचण्डका कतिपय महत्वपूर्ण निर्णयहरुमा समेत सीताले प्रभावित गर्ने गरेको बताइन्छ । पार्टीभित्र र बाहिरको कतिपय निर्णयहरुमा समेत सीताको प्रभाव रहने गरेको बताइन्छ । नेपालको शक्तिशाली नेताको निर्णयमा प्रभाव पार्ने शक्ति सीतासँग भएकाले उनी एक शक्तिशाली महिला हुन् ।
६. रामकुमारी झाँक्री
किनभने,
२०३४ सालमा गुल्मीको मयाल पोखरी–१ मा जन्मिएकी झाँक्री एमाले निकट अनेरास्ववियुको पूर्व अध्यक्ष र एमालेको वर्तमान केन्द्रीय सदस्य हुन् । अनेरास्ववियुको इतिहासमा उनी पहिलो महिला अध्यक्ष हुन् । झाँक्री खासगरी २०६२–०६३ को जनआन्दोलनबाट स्थापित भएकी हुन् । झाँक्री नेपाली विद्यार्थी आन्दोलनकाे एउटा ‘आइकन’को रुपमा चिनिन्छिन् । झाँक्री दोस्रो जनआन्दोलनको एउटा मियोको रुपमा चर्चित र परिचित छिन् । यस कारण पनि उनी पार्टी भित्र र बाहिर दुबैमा लोकप्रिय छिन् ।
२०३४ सालमा गुल्मीको मयाल पोखरी–१ मा जन्मिएकी झाँक्री एमाले निकट अनेरास्ववियुको पूर्व अध्यक्ष र एमालेको वर्तमान केन्द्रीय सदस्य हुन् । अनेरास्ववियुको इतिहासमा उनी पहिलो महिला अध्यक्ष हुन् । झाँक्री खासगरी २०६२–०६३ को जनआन्दोलनबाट स्थापित भएकी हुन् । झाँक्री नेपाली विद्यार्थी आन्दोलनकाे एउटा ‘आइकन’को रुपमा चिनिन्छिन् । झाँक्री दोस्रो जनआन्दोलनको एउटा मियोको रुपमा चर्चित र परिचित छिन् । यस कारण पनि उनी पार्टी भित्र र बाहिर दुबैमा लोकप्रिय छिन् ।
युवा पुस्तामा नेपाली समाजले आशाका नजरले हेरिएकी महिला नेतृ हुन् । उनको अभिव्यक्ति र अभियानले नेपाली समाजमा असर राख्दछ, महत्व पाउँछ । मिडियाले उनको अभिव्यक्तिलाई महत्वको साथ प्रकाशन र प्रशारण गरीरहेको हुन्छ । उनले समाजिक सञ्जालमा लेखेको कुरा समाचारको बिषय बनीरहेको छ । क्रान्तिकारी स्वाभावकी झाँक्री बिषयमाथि स्पष्ट विचार र दरो अडान राख्छिन् ।
स्पष्ट विचार र दहो अडान राखेकै कारण पार्टीभित्र उनको समर्थक र बिरोधी उत्तिकै छन् । पार्टीका संगठनहरु बाहेक सामाजिक क्षेत्रका अनेक अभियानहरुले समेत झाँक्रीको उपस्थितिको आशा राख्दछ । उनले चाहेमा र गरेमा व्यक्तिगत रुपमा पनि नेपाली समाज रुपान्तरणको अभियानमा एउटा ‘मियो’को काम गर्न सक्छिन् । यस कारण उनी नेपालको एक शक्तिशाली महिला हुन् ।
७. नविना लामा
किनभने,उनी नेपालको सबैभन्दा दोस्रो ठूलो दल र सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचित अध्यक्ष हुन् । काभ्रेको दुर्गम बस्तीबाट राजनीतिमा आएकी लामा अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, महासचिव हुदै अध्यक्षमा लोकप्रिय मतका साथ विजयी भएकी छिन् । उनको संगठन अनेरास्ववियु नेपालको सबैभन्दा बलियो र प्रभावशाली विद्यार्थी संगठन हो । उनको दल नेकपा एमालेको पनि सबैभन्दा प्रभावी भातृ संगठन हो ।
किनभने,उनी नेपालको सबैभन्दा दोस्रो ठूलो दल र सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचित अध्यक्ष हुन् । काभ्रेको दुर्गम बस्तीबाट राजनीतिमा आएकी लामा अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, महासचिव हुदै अध्यक्षमा लोकप्रिय मतका साथ विजयी भएकी छिन् । उनको संगठन अनेरास्ववियु नेपालको सबैभन्दा बलियो र प्रभावशाली विद्यार्थी संगठन हो । उनको दल नेकपा एमालेको पनि सबैभन्दा प्रभावी भातृ संगठन हो ।
अनेरास्ववियुलाई एमालेको कार्यकर्ता उत्पादन गर्ने कारखानाको रुपमा पनि चिन्ने गरिन्छ । नेपालको परिर्वतनका आन्दोलनहरुमा यो संगठनको हस्तेक्षपकारी भूमिका रहँदै आएको छ । नविनाले चाहेमा वा गरेमा नेपालको विद्यार्थी आन्दोलनलाई नयाँ मोड दिन सक्छिन् । नेपालको शिक्षा प्रणाली फेरबदलको हस्तक्षेपकारी आन्दोलन चलाउन सक्छिन् । पार्टी भित्र–बाहिर बहस र निर्णय गराउन सक्छिन् । यस कारण, समाज परिर्वतन आन्दोलनमा उनी र उनको संगठन एउटा बलियो र भरपर्दो र मियो बन्न सक्छ । यस कारण नविना नेपालको एकजना शक्तिशाली महिला हुन् ।
८. हिसिला यमी
किनभने,
हिसिला यमी मन्त्री पदमा बहाल रहेकै बेला संविधानसभाको सभासद्मा विजयी हुने मध्ये एक हुन् । यमी पहिलो संबिधानसभामा काठमाडौं-७ बाट विजयी भएकी थिइन् । उनी पूर्व प्रधानमन्त्री एंव नयाँ शक्ति अभियानका सयोजक डा. बाबुराम भट्टराईको श्रीमती हुन् । उनी डा. भट्टराईको निर्णयमा हाबी हुने गरेको बताइन्छ । डा. भट्टराई प्रधानमन्त्री भएकोले निकै हाबी भएको चर्चा थियो । ०३६ साल देखि मोहनविक्रम सिंहले नेतृत्व गरेको मसालबाट राजनीति यात्रा थालेकी उनी पूर्व आवास तथा भौतिक योजनामन्त्री समेत हुन् ।
किनभने,हिसिला यमी मन्त्री पदमा बहाल रहेकै बेला संविधानसभाको सभासद्मा विजयी हुने मध्ये एक हुन् । यमी पहिलो संबिधानसभामा काठमाडौं-७ बाट विजयी भएकी थिइन् । उनी पूर्व प्रधानमन्त्री एंव नयाँ शक्ति अभियानका सयोजक डा. बाबुराम भट्टराईको श्रीमती हुन् । उनी डा. भट्टराईको निर्णयमा हाबी हुने गरेको बताइन्छ । डा. भट्टराई प्रधानमन्त्री भएकोले निकै हाबी भएको चर्चा थियो । ०३६ साल देखि मोहनविक्रम सिंहले नेतृत्व गरेको मसालबाट राजनीति यात्रा थालेकी उनी पूर्व आवास तथा भौतिक योजनामन्त्री समेत हुन् ।
राज्यको पुनर्संचनामा आर्थिक, सामाजिक क्रान्तिलाई जोड दिँदै संविधानमा नै शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक हकको रूपमा सुनिश्चित गर्ने उनको एजेण्डा छ । एमाओवादीका पूर्व नेता बाबुराम भट्टराईले गठन गरेको ‘नयाँ शक्ति’को तेस्रो विस्तारमा उनी सक्रियताको साथ लागेकी छिन् ।
डा. बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति अभियानलाई सम्भावनाका रुपमा देख्नेहरुले अहिले हिसिला यमीलाई पनि आगामी नेतृत्वका रुपमा देखेका छन् । डा. भट्टराई निर्माणमा प्रभाव पार्न सक्ने शक्तिका रुपमा यमीमा छ । यमी स्वयम् पनि महिला नेतृ र संगठक भएका हिसाबले उनी नेपालकाे शक्तिशाली महिला हुन् ।
९. सुजाता कोइराला
किनभने,
सुजाता कोइराला नेपाली कांग्रेसकी नेतृ र नेपालकी भूतपूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री हुन् । उनी नेपालका पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला तथा सुष्मा कोइरालाकी एक मात्र सन्तान हुन् । नेपाली राजनीतिमा कोइराला वंशकी उत्तराधिकारीका रुपमा सुजाता कोइरालालाई हेर्ने गरिएको छ । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित एकमात्र महिला हुन् सुजाता कोइराला ।
किनभने,सुजाता कोइराला नेपाली कांग्रेसकी नेतृ र नेपालकी भूतपूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री हुन् । उनी नेपालका पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला तथा सुष्मा कोइरालाकी एक मात्र सन्तान हुन् । नेपाली राजनीतिमा कोइराला वंशकी उत्तराधिकारीका रुपमा सुजाता कोइरालालाई हेर्ने गरिएको छ । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित एकमात्र महिला हुन् सुजाता कोइराला ।
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १३ औं महाधिवेशनमा सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी थिइन् । उनको यो घोषणाले पार्टीभित्र तत्कालीन संस्थापन पक्षलाई टाउको दुखाइको विषय भएको थियो । पौडेल पक्षले उपसभापति दिने आश्वासन दिएर महामन्त्रीबाट ‘ब्याक’ गराएको थियो । पूर्व परराष्ट्र मन्त्री भएको कारण विदेशमा समेत उनको राम्रो सम्पर्क र सम्बन्ध छ । कोइराला परिवारको लिगेशीको कारण उनी हिजो शक्तिमा थिए । हुनेछन् ।
२०२० साल कार्तिकमा नवलपरासीमा जन्मिएकी सपनाले नेपालमा महिला हिंसा र कार्यस्थलमा हुने यौनशोषणविरुद्ध डटेर आवज उठाइन् । वरिष्ठ अधिवक्ता सपनाले सामाजिक तथा सांस्कृतिक मूल्य–मान्यताले पछाडि परेका नेपाली महिलालाई अधिकार दिलाउन लागि परिन् ।
सपना न्यायबाट वञ्चित, राज्यको कानुनद्वारा उपेक्षित तथा भेदभावबाट पीडित नेपालका ग्रामीणदेखि सहरी महिलाका संवाहक हुन् । महिला भएकै कारण कानुनद्वारा भेदभाव र असमानताको व्यवहार सहनुपर्ने स्थितिमा सपनाले नेपाली नारीको जीवनमा कानुनको अर्थ पुरुषसरह समान न्यायको भागिदार हुन पाउनुपर्छ भन्ने विषयमा बहस चलाएर समाजमा हलचल ल्याइन् ।
राज्यद्वारा महिलामाथि जाति र लिङ्गका आधारमा गरिने भेदभावविरुद्ध सशक्त आवाज उठाउइन् । बिनाइच्छा श्रीमानबाट गरिने करणीलाई बलात्कार मान्ने कानुनी मान्यताका लागि लड्नु उनको विशेष योगदान हो । उनकै कारण सरकार वैवाहिक बलात्कार विरुद्धको नीति अपनाउन बाध्य भयो । उनी नेपाली महिलाको आन्दोलनको संवाहक बनेकी छिन् । महिला अधिकार प्राप्तीका उनले चालेका कतिपय कदमहरुमा राज्य पनि लतारिएको उदाहरण छ । विभेदपूर्ण कानुनको अध्ययन गरी संशोधनका लागि आवाज उठाउने, वैकल्पिक विधेयक बनाउने, नीति निर्माताहरूसँग छलफल गर्ने, कानुन कार्यान्वयनको निरीक्षण तथा अनुगमन गर्ने कार्यमा सपनाको भूमिका महत्वपूर्ण मानिन्छ ।
यही भुमिकाको कारण उनी पहिलो संबिधानसभामा एमालेबाट मनोनित सभासद् थिइन् । अहिले सर्वोच्च अदालतको न्यायधीस हुने लाइनमा छिन् । त्यसो त उनी यसपाली न्यायधीस भइन् भने भविष्यमा प्रधानन्यायाधीश सम्म हुने सम्भावना छ । Source: Nayapage.com


