-दुई वर्षमा असाधारण तबरले मुलुकमा विकास,गरिबी उन्मूलन गरी समृद्ध मुलुक बनाउन सरकार प्रयासरत–प्रम ओली

पोखरा, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतामा रहेको गरिबी उन्मूलन गरी समृद्धशाली मुलुक बनाउने तर्फ  सरकार लागेकोे बताउनुभएको छ ।

नेकपा (एमाले) कास्कीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको दुई वर्षमा असाधारण तबरले मुलुकमा विकास हुने दाबी गर्नुभयो ।

प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण पोखराको गुरुयोजनाअनुसार विकासको थालनी गरिने जानकारी दिँदै उहाँले यहाँको पर्यटकीय प्रबद्र्धन तीव्रताका साथ अघि बढाइने बताउनुभयो ।

वर्तमान सरकारले कार्यकर्ताको शीर निहुरिने गरी कुनै काम नगर्ने दृढता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले पार्टीले देशको हितमा जे नीति तथा कार्यक्रम ल्याउँछ सरकारले त्यसैलाई अगाडि बढाउने धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी हुनु देशको लागि ठूलो उपलब्धि भएको भन्दै नयाँ संविधानले कसैलाई पनि विभेद नगरी समान अधिकार दिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल र सूचना तथा सञ्चार मन्त्री शेरधन राईको पनि उपस्थिति थियो । रासस




प्रतिक्रिया दिनुहोस्...