-किन जिते शशांक कोइरालाले ? किन हारे रामचन्द्र पौडेलले ?

शशांक कांग्रेस संस्थापन वीपी कोइरालाका छोरा हुन्, चुनाव जित्न उनीसँग सबैभन्दा ठूलो योग्यता यही थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ। शुशीलजस्ता बृद्ध र शान्त नेताले चलाएको कांग्रेस शशांकजस्ता युवाले पनि हाक्न सक्छन् भन्ने विश्वासमा उनलाई अघि बढाउन थालिएको हो ।

 पदाधिकारीमा शशांकसँगै सुजाता र शेखरको पनि दबी थियो ।तर शशांक महामन्त्री बन्ने पक्का भएसँगै सुजाता र शेखरले पनि कोइराला परिवार एक भएको सन्देश दिए । अर्जुननरसिंह केसीलाई देउवा समूहकै अरु नेताहरुले रुचाएनन् । तर, वीपीपुत्र शशांक महामन्त्रीमा जित्दा पार्टी एकढिक्का भएको सन्देशसहित देउवालाई पार्टी चलाउन सहज हुने उनीहरुको बुझाई रह्यो । 

कांग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवाका प्रस्ट र बलियो गुट थिए । नेतात्रयका रुपमा रामचन्द्र पौडेलको नाम आउने गरे पनि उनको छुट्टै गुट थिएन । नयाँ पत्रिका दैनिकमा समाचार छ। गिरिजाप्रसाद र सुशीलसँग टक्क्र लिएर वैकल्पिक नेताको छवि बनाएका देउवाले यसपालि हरेक प्रतिनिधिलाई नमबाटै सम्बोधन गरेर पत्रसमेत लेखे ।

 तर पौडेलको त्यस्तो लोकप्रिय रणनीति थिएन। सुशीलको निधन पछि कार्यवाहक सभापति बने, तर संस्थापनका सबैलाई मान्ने नेता हुन सकेनन् । कार्यवाहक सभापति भइसककेपछि पनि पौडेलले संस्थापन पक्षका नेताहरुलाई जोगाउन सकेनन् । संस्थापनमै रहेका अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी लगायतका नेताहरु देउवातिर लागेपछि पौडेल स्वत कमजोर भए । संस्थापन पक्षकै सिटौला सभापतिमा विद्रोही उम्मेदवार बने । देउमा समूह एकजुट रुपमा देउवाको लागि मत माग्न व्यस्त थिया । तर, पौडेलले समूहमै महत्व पाएनन् । उनका पक्षका उम्मेदवार आफूलाई मात्र मत मागिरहेका थिए ।




प्रतिक्रिया दिनुहोस्...