-बिहेपछिको आनन्द लिन मन छ”- ज्योती मगर हेर्नुहोस यो अन्तरबार्ता ..(भिडियो सहित )..
पत्रकारिताका नामी ऋषि धमला र कलाकारिताका नामी ज्योती मगरबीचको कुराकानी यतिबेला ‘टप हिट’मा छन् । हिमालयन टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’का लागि ऋषि धमलाले गायिका मगरसंग लिएको अन्तरबार्ता यतिबेला चर्चाको बिषय बनेको छ । अन्तहिले तीजका लागि के कति गीत गाउनु भयो ?
४ बर्षदेखि निरन्तर तीजको गीत गाउदै आएको छु । यसपालि पनि ल्याएको थिए, निर्माणमा ढिलो भयो । शंकर बिसी दाइले ढाडे बिरालोमा अभिनय गर्नको लागि आग्रह गर्नुभयो त्यो गीतको बारेमा जसरी बजारमा चर्चा भयो त्यसैको ‘रिप्लाइ’ स्वरुप ल्याए मैले गीत । अहिलेसम्म आफ्नो मन कतिलाई दिनु भो ?
मैले कसैलाई मन दिइसक्या छैन, यो मन आफै संग छ अहिलेसम्म । नपाएर कि नचाहेर ? नपाएर नै होला तपाइलाई हेर्दा यूवाहरु चकित पर्छन नि हैन ?
कतिको आउछन त प्रेम प्रस्ताव ? जसले मलाई प्रस्ताव गर्नुहुन्छ ति मलाई मन पर्दैन जो मलाई मन पर्दछ तिनले मलाई प्रस्ताव गर्दैनन । तपाईलाई मन पर्ने को हुन त ?
मलाइ त ऋषि धमला र राजेश हमाल मन पर्दछ । राजेश हमालको जस्तो पर्सनालिटी र ऋषि धमला जस्तो सक्षम मान्छे मन पर्दछ । तपाईलाई ट्वीट गर्ने केटाहरु पनि छन होला नि ?
म ट्वीट गर्दिन मेसेजहरु भने टन्नै आउछन । मेसेजमा चाहि ‘आइलवयू’ , ‘म तिमीलाई माया गर्छु प्लिज एक पटक म्यासेज त रिप्लाइ गर’ भन्नेहरु थुपै् छन । तपाई बिकीनीमा देखिन चाहनुहुन्छ कि हुन्न ? मेरो फिगर बिकीनी होइन । मेरो फिगर चाहि बिकीनीको लागि होइन र मलाई सुहाउदैन पनि म डल्ली छु, मोटी छु त्यसैले पनि लाउदिन । स्वीमीङ्ग पुलमा ज्योती मगरको तिघ्रा हेर्नेको भिड लाग्दथ्यो कि ?
स्वीमीङ्ग पुलमा कसैले कसैलाई हेदैन जस्तो लाग्दछ मलाई कुनैबेला देवानन्दलाई देख्दा यूवतीहरु हाम्फाल्थे रे अहिले तपाइलाइ देखेर हाम्फाल्ने त हैनन नि ?
हैन हिजोआज हाम्फाल्ने केटाहरु नै पाइदैन ।
छोटाछोटा लुगा लगाउदा केटाहरुलाई अप्ठेरो त लाग्दैन नि ?
केटाहरुलाई चाहि अप्ठेरो लाग्दैन बुढाहरुलाई चाहि अप्ठेरो लाग्न सक्दछ किनकी घरको मुर्गी दाल बराबर भन्ने त नेपाली उखान नै छ नि । तपाईको कुरा काट्ने थुपै् छन्, तपाइलाई त्यसमा मतलव लाग्छ कि लाग्दैन ? मलाइ कसैले कुरा काटेर केही मतलव लाग्दैन ।
यूवकहरुले तपाइको यो रातो ओठमा किस गरे त ?
मेरा यूवा फ्यानहरुले रातो ओठमा चाहि हैन गालामा चाहि किस गरेका छन । बिहे पछिको आनन्द लिन पाउनु भएको छ ?
बिहे त भएको छैन के आनन्द लिनु तर आनन्द लिन चाहि एकदमै मन थियो तपाई अविवाहित हो कुमारी चाहि हैन ? (हाँस्दै) एक भोट, एक भोट लोक संस्कृतिमा विकृति ल्याएको आरोपबारे तपाई के भन्नु हुन्छ ? जसले मलाइ विकृति ल्याएको छ भन्नु हुन्छ वहाले लोक गीतको लागि के गर्नु भएको छ म त्यो सोध्न चाहन्छु कुमार बस्नेतले तपाईलाई त्यो आरोप लगायो भने के भन्नुहुन्छ ?
कुमार बस्नेतले म भन्दा बढी सेक्सी गीत गाउदथे । केही कुराहरु लुकाउनु पनि पर्छ छोप्दाको महत्व भिन्दै छ हैन र ज्योतीजी ? मैले के देखाएकी छु र सबै, धेरै कुरा देखाउन बाकी नै छ तपाईले ज्योती मगरले धेरै नै देखाइ भन्नेहरुलाइ के भन्नुहुन्छ ? कि मन पदैन नहेर्नु , हेरेपछि ‘इन्ज्वाइ’ गर्नु कम्तिमा, किन गाली गर्नु

