Tech news
»
-आजको राशिफल, वि.सं. २०७२ साल चैत १२ गते २५ मार्च 2016
-आजको राशिफल, वि.सं. २०७२ साल चैत १२ गते २५ मार्च 2016
वि.सं. २०७२ साल चैत १२ गते। शुक्रबार। इश्वी सन् २०१६ मार्च २५ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३६ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वितीया, २०:४२ बजेउप्रान्त तृतीया। नक्षत्र– चित्रा, २३:३३ बजेउप्रान्त स्वाती। योग– ध्रुव, ८:४५ बजेउप्रान्त व्याघात। करण– तैतिल, ७:३८ बजेदेखि गर, २०:४२ बजेउप्रान्त वणिज। आनन्दादिमा मुसल योग। चन्द्रराशि– कन्या, १०:१४ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:०४ बजे, सूर्यास्त– १८:१७ बजे र दिनमान ३० घडी ३२ पला
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

प्रयत्न गर्दा प्रतिस्पर्धाको दौड जित्न सकिनेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ। गुरुजनको सहयोग जुट्नेछ। व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

हडबडको निर्णयले काम बिग्रन सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। आमाको माध्यमबाट केही काम बनाउन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

अधैर्य व्यवहारले काम बिग्रन सक्छ र असंयम बोली–व्यवहारले सम्बन्ध बिगार्न सक्छ। पठन–पाठनमा ध्यान दिन नसक्दा सहपाठीहरूले उछिन्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। धैर्य एवं निरन्तरको प्रयत्नले फाइदा दिलाउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कामको प्रस्ताव आउनेछ। रचनात्मक काम सुरु हुन सक्छ। कार्यक्षेत्रमा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप हौसला मिल्नेछ। स्वादिष्ट खानपानको आनन्द पाइए पनि स्वास्थ्यमा समस्या देखापर्न सक्छ। आवश्यक पर्दा सहयोग जुटाउनेहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले पनि अलमल्याउन सक्छन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा मनग्य फाइदा हुनेछ। प्रशस्त धन संग्रह हुनुका साथै परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र मन प्रसन्न हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम लिने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सफलताले कीर्तिमानी दिलाउन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ। तीर्थाटनको अवसर प्राप्त हुनेछ। धेरैले तारिफ गर्नेछन्। कीर्तिमानी काम सम्पादन हुन सक्छ। प्रतिष्ठा कमाउने बेला छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।
-नेपाली पात्रो
प्रतिक्रिया दिनुहोस्...