-किन मानिसहरू यौनसम्पर्क गर्न भनेपछि मरिहत्ते गर्दछन ? हेर्नुहोस्.. (भिडियो सहित )...
हप्तामा कमसेकम एक–दुइपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षी तत्व इम्युनोग्लोबुलिन(क्ष्mmगलयनयिदगष्लि क्ष्नब्) को मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
यौन सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत गरिहेको हुन्छ । किनकि ३० मिनेटको यौनक्रियाले ८५ क्यालोरी वा सो भन्दा बढि क्यालोरी जलाउँछ ।
तुलनात्मक रुपले धेरै यौनसम्पर्क नगरेको अवस्था भन्दा गर्ने गरेको मानिसा हृदयघातको संम्भावना कम देखिन्छ ।
यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ ।
अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ ।
अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ । धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ ।
यौन सम्पर्कले महिलाको पेल्भिक(उभखिष्अ) मांशपेशीहरुलाइ पनि बलियो बनाउँदछ ।
यौन सम्पर्कले मानिसमा राम्रो निद«ा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फ्mुर्त हुन्छ ।
माथि उल्लेखित बुँदाहरु यौनसम्पर्क गर्नका लागि प्रेरित गराउँने उद्देश्यले उल्लेख गरिएको भने होइन । यौनसम्पर्क नगर्ने मानिस चाहिँ रोगी हुने अर्थ पनि यसको होइन ।
यौनसम्पर्क कहिले गर्ने, गर्ने वा नगर्ने, कोसँग गर्ने आदि कुरा व्यक्तिको अधिकार र निर्णयको कुरा हो । विवाहित दमपतीको लागि बढी केन्द्रित गरिएको मात्र हो । यसको अर्थ विवाह नगर्नेले यौन सम्पर्क गर्नै नहुने पनि होइन । यौन सम्पर्कको अर्थ महिला र पुरुष बीच हुने मात्र पनि होइन । किनकि समलिङ्गीय यौन सम्बन्ध राख्ने मानिसहरु पनि धेरै छन् । त्यस्तै बैकल्पिक यौन सम्मर्कका विधिहरु पनि धेरै छन् ।
जस्तै यौनसम्पर्कका लगि प्रयोग हुने खेलौनाहरु (सेक्स टोएज), मुख मैथुन, हस्त मैथुन आदि । सबै भन्दा उपयुक्त बैकल्पिक यौनसम्पर्क भनेको हस्त मैथुन नै हो आफ्नै मर्जी भित्र पर्दछ ।
