-Breking News...कालीगण्डकी नदीमा डुङ्गा दुर्घटना, दुईको मृत्यु

नवलपरासी, ८ फागुन । कालीगण्डकी नदीमा शुक्रबार डुङ्गा पल्टिँदा नवलपरासी डाडाँझेरीका दुई युवकको मृत्यु भएको छ ।


स्थानीय चार युवकमध्ये दुई जना भने पौडी खेलेर बाँच्न सफल भए । दुई जनाको भने कालीगण्डकी नदीमा डुबेर मृत्यु भएको डाडाँझेरीका होमराज रानाभाटले जानकारी दिनुभयो ।

पूर्णबहादुर मगर र श्रीकृष्ण दर्लामीको डुबेर मृत्यु भएको हो । उनीहरुसँगै रहेका प्रदीप सोमै र कुमार कानु बाँच्न सफल भए ।



प्रतिक्रिया दिनुहोस्...