-अनेरास्ववियुको २२ औँ महाधिवेशन मतगणना लाइभ
काठमाडौँः नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना तोकिएको समयभन्दा सात घण्टापछि सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट हुने भनिएको मतगणना साँझ ६ बजेमात्र सुरु भएको हो ।
बुधबार राती नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको निर्वाचनको मतगणना शुक्रबार ढिला गरी एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको अनेरास्ववियुका निर्वातमान प्रवक्ता एवम् सचिव पदका उम्मेदवार आरसी लामिछानेले नयाँ पेजलाई जानकारी दिए । पार्टी मुख्यालयमा १८ स्थानमा मतगणना सुरु भएको छ । लामिछानेले भने, ‘आचारसंहिता बनाएर १८ स्थानमा एकैपटक मतगणना सुरु भएको छ ।’
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि बुधबार राती भएको मतदानमा १५ सय २० मत खसेको छ । १५ सय ९७ प्रतिनिधिमध्ये ७७ मत नखसेको लामिछानेले बताए । राजधानीको भृकुटीमण्डपमा माघ २८ गते उद्घाटन भएको अखिलको महाधिवेशन प्रतिनिधि विवादका कारण लम्बिएको हो । दुुई दिनमा सकिने भनेको महाधिवेशन एक हप्ताबढी चलेको छ ।
अखिलको नयाँ नेतृत्वका लागि संस्थापन पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट नविना लामा र माधव कुमार नेपाल पक्षबाट दीपक गौतम प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । अहिले काठमाडौँ उपत्यकाको मतगणना सुरु गरिएको भएको छ । शनिबार साँझसम्म परिणाम सार्वजनिक हुने छ ।
अध्यक्ष
नविना लामा: ९६ ८१ : दीपक गौतम
महासचिव
एेन बहादुर महर: ८२ ९३ : अब्दुल हुसेन खाँ
उपाध्यक्ष
रश्मी आचार्य:९७ ७४ : निलकण्ठ आचार्य
शैलेश लामा:८२ ७१ : जीवन राई
सुनिता बराल: ७५ ७०: राधिका खतिवडा
महेस बर्तौला:८० ६३: सरोज यादव
सचिव
कमला बोहरा : ८० ९२ :आरती लामा
अमृत बुढा : ९४ ६९ :गौतम राई
दुुर्गानन्द ठाकुर :६७ ९७ :वासिम आलम
आरसि लामिछाने :९१ ७५ :भक्तकुमारी लामा
समिक बडाल :९९ ६७: भीमबहादुर रावल ‘कालो टोपी
मकर खड्का : ७९ ९३:सुदेश पराजुली
वसन्त ढकालः ६७ ५४: अशेष घिमिरे
अनुशासन आयोग
गिरेन ब. राई : निशा अधिकारी
लेखा आयोग
प्रेम प्रधान: :धमेन्द्र रोकाया
कोषाध्यक्ष
झपेन्द खत्री १०८ ६६ : कमल शाही


