-२०७२ साल फाल्गुन १३ गते विहिबार :-आजको पञ्चाङ्ग अनि राशिफल..

हेल्लो शुभ बिहानी सबैलाई हेर्नुहोस आजको पञ्चाङ्ग अनि  राशिफल  श्रीसूर्य उत्तरायण शिशिर ऋतु,कीलकनाम संवत्सर, शाके १९३७, सम्वत २०७२ साल फाल्गुन १३ गते विहिबार नेपाल सम्बत ११३६ शिल्लागा सन् २०१६ फेव्रुअरी २५ तारिक कृष्णपक्ष तृतीया तिथि राती ४ वजेर १५ मिनेटसम्म, उत्तरफाल्गुनी नक्षत्र विहान ११ वजेर १३ मिनेटसम्म, शूलयोग राती २ वजेर १० मिनेटसम्म, वणिज करण अपरान्ह ३ वजेर १४ मिनेटसम्म, आनन्दादियोग मातङ्ग, सूर्य कुम्भ राशीमा,चन्द्रमा कन्या राशीमा ।
मेषः–
mesh
मेहनत बढि गर्नु पर्ला । आफन्तसँग मतभेद बढ्न सक्छ । उच्चमनोबलका साथ काम गर्नु होला गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि अनुकुल होला ।
वृषः–
brish
अन्योलमा नपरि काम गर्नु होला । जोखिम पूर्ण यात्रा नगर्नु होला । घर छोडेर हिड्न मन लाग्ने छ । काम गर्ने बातावरण त्यति देखिदैन । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्ने छ ।
मिथुनः–
mithun
खर्च बढ्नेछ । मनमा भय त्रास उत्पन्न हुनेछ । काम गरेर जश पाईने छैन । जो आफ्नो ठान्यो त्यहि पराई हुनेछ । काम गर्ने जोश जागर घट्न सक्छ । सम्पतिमा विवाद पर्न सक्छ ।
कर्कटः–
karkat
सहास,धैर्यता र पराक्रम बढ्ने छ । नोकरी तथा राजनीतिमा सफलता मिल्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । अधिकाँश काम आफ्नै बाहुवलबाट सम्पादन हुने छन् ।
सिंहः–
sinha
आफन्तबाट कहि कतै अप्ठ्यारो पर्न सक्छ सतर्क रहनु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला,सम्पतिमा दाग लाग्न सक्छ । व्यापारबाट खासै लाभ लिन सकिने छैन ।
कन्याः–
kanya
मनमा दुविधा बढ्न सक्छ । विना सोच विचार काममा हात नहाल्नु होला । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ । लेनदेन कारोवारमा सतर्क रहनु होला नत्र धन डुब्न सक्छ ।
तुलाः–
tula
दिन प्रतिकुल बढि देखिन्छ जोखिम लिएर काम नगर्नु होला । विश्वासको संकट पर्नेछ । आफ्नो सोचाईको विपरित काम हुने छन् । अनावस्यक काममा समय र धन लगानी हुनेछ ।
वृश्चिकः–
brischik
भाग्य र कर्म दुवै बलियो देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । राज्यबाट सहयोग पाईनेछ । व्यापारबाट आम्दानी राम्रो हुनेछ । कुटनैतिक विधि अप्नाई काम गर्नु होला ।
धनुः–
dhanu
स्वाथ्यमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । अधुरा काम फस्र्योट हुने छन् । लेन देन कारोवारमा सुधार आउने छ । अरुको भर विश्वासमा मात्र काम नगर्नु होला ।
मकरः–
makar
इज्जत प्रतिष्ठामा आच आउन सक्छ । काम गरेर नाम न जश खरानी घस हुन सक्छ विचार पु¥याउनु होला । दैनिक काम काजमा पनि असर पर्ने देखिन्छ । अनावस्यक काम बढि हुने छन् ।
कुम्भः–
kumbha
मानसिक एवं शारीरिक दुर्वलता बढ्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । काम गर्न मन लाग्ने छैन । अनावस्यक काम धेरै हुने छन् । आम्दानीका स्रोत घट्ने छन् ।
मिनः–
min
कुनै पनि काम गर्दा सोच विचार गर्नु होला सफल हुने छन् । सवैलाई आफ्ना कुरा नभन्नु होला पछि धोका हुन सक्छ । स्वतन्त्र व्यापार व्यवसायबाट आँशिक लाभ हुने छ ।




प्रतिक्रिया दिनुहोस्...