-युवतीले कण्डम किन्न नपाए पछि यस्तो हंगामा हेर्नुहोस्- (भिडियो सहित)..
एक युवती फिमेल कण्डम किन्न फार्मेसीमा गएको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । भिडियो भारतको राजधानी नयाँ दिल्लीको हो । एक युवती फार्मेसीमा पुगेर कण्डम माग्छिन् । उनले कण्डम माग्दै गरेको देखेका महिला तथा पुरुषहरु उनलाई आश्चर्य भए ।पसलेले उनलाई कण्डम पनि दिन्छन् ।
तर उनले लिन मान्दिनन् र भन्छिन् मलाई पुरुषको होइन, महिलाले प्रयोग गर्ने कण्डम चाहियो । पसलमा कण्डम हुँदैन, उनी चुपचाप फर्किन्छिन् ।
सबैभन्दा अचम्मको कुरा भने उनी बाहिरिसकेपछि पसलमा हुन्छ । पसलेदेखि त्यहाँ रहेका मानिसहरुसमेत उनको बारेमा नराम्रो कुरा गर्न थाल्छन्, यसलाई सुन्न सायदै कसैले मन पराउला। २६ नोभेम्बरमा युट्युवमा अपलोड भएको यो भिडियो एक हप्तामै २१ लाखभन्दा बढीले हेरिसकेका छन् ।
कण्डम कुनै अनावश्यक चिज होइन । यसले असुरक्षित गर्भाधान रोक्नेमात्रै होइन एड्सजस्ता प्राणघातक रोगबाट पनि बचाउँछ । कण्डम किन्न खोज्दा उनीमाथी गरिएको टिप्पणी निकै नै सरम मान्नु पर्ने खालको छ।
