-२०७२ साल फाल्गुन १८ गते मंगलवार :- आजको पञ्चाङ्ग अनि राशिफल
-२०७२ साल फाल्गुन १८ गते मंगलवार :- आजको पञ्चाङ्ग अनि राशिफल
श्रीसूर्य उत्तरायण शिशिर ऋतु,कीलकनाम संवत्सर, शाके १९३७, सम्वत २०७२ साल फाल्गुन १८ गते मंगलवार नेपाल सम्बत ११३६ शिल्लागा सन् २०१६ मार्च १ तारिक कृष्णपक्ष सप्तमी तिथि मध्यान्ह १२ वजेर २ मिनेटसम्म, अनुराधा नक्षत्र राती ११ वजेर १० मिनेटसम्म, हर्षणयोग राती ३ वजेर ५० मिनेटसम्म, बवकरण मध्यान्ह १२ वजेर २ मिनेटसम्म, आनन्दादियोग वज्र, सूर्य कुम्भ राशीमा,चन्द्रमा वृश्चिक राशीमा ।
मेषः–
काममा अवरोध आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता थप्ने काम गर्ने छ । व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्य कमजोर बन्नेछ ।
वृषः–
वृषः–
आत्मविश्वास बढ्ने छ । नविन कार्यको बारेमा विचार विमर्श हुने छ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछन् । आम्दानी पनि बढ्ला ।
मिथुनः–
मिथुनः–

आफन्तका कारण काम काजमा विलम्ब हुने वा विग्रिने सम्भावना देखिन्छ । आफन्त नै भए पनि गोप्य कुरा नखोल्नु होला । आम्दानीको सम्भावना देखिन्छ ।
कर्कटः–
कर्कटः–

दिन त्यति अनुकुल देखिदैन । मानसिक चिन्ता बढ्ने छ । आफ्नै कारण काम काजमा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने छन् ।
सिंहः–
सिंहः–
काम गर्ने जोश जागर घट्ने छ । अनावस्यक झै झमेला आइलाग्न सक्छन् । विचार पु¥याउन सकिएन भने दुर्घटनामा परिने सम्भावना देखिन्छ ।
कन्याः–
कन्याः–
विस्तारै कार्य क्षमता बढ्ने छ । काम गर्दा बाहिरी कुरालाई पनि ध्यान दिन नभुल्नु होला । आज गरेका काम अधिकाँश सफल हुने देखिन्छ ।
तुलाः–
तुलाः–
दिन मध्यम खालको सोच विचार काम गर्नु होला । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । आफन्तबाट सामान्य सहयोग पाईनेछ ।
वृश्चिकः–
वृश्चिकः–
कुनै पनि काम गर्दा हेलचक्रयाई नगर्नु होला । आज समयले थोरै साथ दिनेछ । काम गर्दा मनोबल नगिराउनु होला । व्यापारमा सामान्य सुधार आउनेछ ।
धनुः–
धनुः–
समय प्रतिकुल छ काम गर्दा हेलचक्र्याई नगर्नु होला । व्यापार व्यवसायमा गिरावट आउने छ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला ।
मकरः–
मकरः–
काम गर्न पछि नपर्नु होला । गरेका काम उदाहरणीय हुनेछन् । काम गरेर धन कमाउन सकिने छ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।
कुम्भः–
कुम्भः–
कामले विस्तारै गति लिनेछ । विरोधी पनि शरणमा आउने बातावरण बन्ला । गिरेको मनोबल उठ्ने छ । काम गर्ने जोश जागर पनि विस्तारै बढ्ने छ ।
मिनः–
मिनः–
समयमा पूर्ण सुधार आउने देखिन्न । अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्ला । आफ्ना काममा भन्दा अरुका काममा टाउको दुखाई बढि हुनेछ ।
