-दिल्लीमा मानव तस्कर गिरोह पक्राउ, ११ नेपाली युवतीको उद्दार!

काठमाडौं–दिल्ली विमानस्थल हुँदै श्रीलंकाको कोलम्बो ट्रान्जिट भएर मध्यपूर्वी तथा खाडी मुलुकमा नेपाली युवायुवती ओसार्ने गिरोहका मूख्य दुई एजेन्ट पक्राउ परेका छन् ।


मानव तस्करीमा संलग्न गिरोहबारे प्राप्त सूचनाका आधारमा शुक्रवार बसन्तकुञ्जस्थित एक अपार्टमेन्टबाट ती दुई एजेन्टका साथमा रहेका ११ युवतीको उद्धार गरिएको हो ।

 चेलीबेटी बेचबिखन रोकथाममा संलग्न संस्था शान्ति पुनःस्थापना गृहले पाएको सुराकी आधारमा गृहका अधिकारीहरु भारतीय प्रहरीसंगको अनुसन्धानमा जुटेका थिए।

युवती ओसारपसारमा संलग्न आरोपित राजन अधिकारी र जीवन पुनलाई रोहिणीस्थित प्रहरी कार्यालयमा लगिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्...