-बाबुराम भट्टराईले ‘खोइ त हिरोइन’ भनेपछि… यस्तो हंगामा हेर्नुहोस (भिडियो सहित).....
काठमाडौं–नयाँ शक्तिमा जोडिएको अभिनेत्री करिश्मा मानन्धरको चलचित्र ‘फागु’ हेर्न पूर्व प्रधानमन्त्री एव्म नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई हल पुगेका छन् ।
आइतवार साँझ भएको सो मा पत्नी हिसिला यमीसहित भट्टराई त्यहाँ पुगेका थिए । मानन्धर दम्पतीद्वारा निर्मित फिल्म हेर्न नयाँ शक्तिका संयोजक भट्टराई र पत्नी यमी राजधानीको दरबारमार्गस्थित क्युज सिनेमा हल पुगेका थिए । फिल्म हलमा पुगेपछि नयाँ शक्तिकी सदस्य समेत रहेकी करिश्माले भट्टराई दम्पतीलाई स्वागतका साथसाथै ‘फागु’ लाग्ने हलतर्फ लगेकी थिइन् ।
फिल्म सुरु हुनुपुर्व करिश्माको टिम र बाबुराम दम्पत्तीको फोटो सेसन निकैबेर चलेको थियो । फोटो सेसनको क्रममै बाबुरामले हिरोइनको खोजी पनि गरेका थिए । भट्टराईले ‘खोइ त हिरोइन’ भनेपछि करिश्माले ‘यता छ’ भन्दै नायिका शिल्पा पोखरेललाई बाबुराम नजिक बोलाउँदै परिचय गराएकी थिइन् ।

