-शंकाले भरिएको ‘हत्केलाको मुटु’ (भिडियो सहित )..
गायक प्रमोद खरेलको आवाजमा रहेको ‘हत्केलाको मुटु’ पनि बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मकटेन कालुको शब्द रहेको सार्वजनिक गीतमा किरण माइकलको संगीत र दिनेश श्रेष्ठको एरेन्ज रहेको छ । डिके फिल्मसले सम्पादन गरेको भिडियोलाई सन्तोष सुनवारले खिचेका हुन् ।
भिडियोमा उर्मिला, अनिश, क्रिति र राजले अभिनय गरेका छन् । सार्वजनिक भिडियोमा एक प्रेमिकाले कुरा नबुझि र यर्थाथ के हो थाहा नभई शंकाको भरमा धोका दिएको कथा बोलेको छ । भिडियोलाई क्ड प्रसिटले निर्देशन गरेका हुन् । भिडियो:
