-अर्कैलाई म्यासेज पठाएको भन्दै गर्लफ्रेण्डलाई सडकमा नांगेझार..

रिसको पारो तातेपछि मानिस के सम्म गर्न पछि पर्दैन भन्ने उदाहरण अमेरिकाका एक युवकले पेश गरेका छन्। अमेरिकाको न्युयोर्कका एक युवकले आफ्नै प्रेमिकालाई म्यानहटनको सडकमा दिनदहाडै कुट्दै नांगै हिँडाएका छन् ।अर्कै युवकलाई मेसेज पठाएको निहुँमा उनले प्रेमिकालाई कुटपिट गरी सडकमा नांगै हिँड्न बाध्य पारेका हुन् र त्यसको भिडियो समेत खिचेर अनलाइनमा पोष्ट गरे ।


अनलाइनमा भाइरल बनेको उक्त भिडियोमा लामो कपाल भएकी एक २२ वर्षे युवती ठण्डी मौसमको चिसोमा छोटो सेतो टावेल र कालो जुत्ता लगाएर विस्तारै सडकमा हिँडिरहेको र उनलाई पछाडिबाट एक पुरुषले स्पेनिस भाषामा चिच्याएर गाली गर्दै टावेल पनि खुस्काइदिएको देख्न सकिन्छ ।

टावेल खुस्काएर लाजको मूल्य चुकाउ, युवकले चिच्याउँदै भनिरहेको सुनिन्छ । आफुले प्रेमिकासँग परिवार बसाउने योजना बनाएको भएपनि प्रेमिकाले भने ७ जना केटा खेलाइरहेको आरोप पनि उक्त युवकले लगाएको छ ।साथै उसले उक्त भिडियो अनलाइनमा पोष्ट गरिदिने चेतावनी पनि दिएको छ ।यसरी आफ्नै प्रेमिकालाई सडकमा नांगै हिँडाउने युवकको नाम ज्यासोन मेलो हो । उसलाई अन्ततः प्रहरीले पक्राउ गरी विभिन्न अभियोगमा मुद्धा चलाएको छ ।



प्रतिक्रिया दिनुहोस्...