-फिल्मी अभिनेत्री १५ कि युवती योरुना मगर अर्धनग्न अबस्थामा मृत फेला परेकी हेर्नुहोस ..(भिडियो सहित )..

गत मंगलबार पोखरा उपमहानगरपालिका वडा नं. १५ की युवति योरुना मगर अर्धनग्न अवस्थामा मृत फेला परिन् । 

आफ्नै घरबाट चार सय मिटर पर फालिएकी योरुना मगर फिल्मकी अभिनेत्रीसमेत हुन् । ‘गाउला’, ‘युँपा’जस्ता मगर भाषाका फिल्ममा अभिनय गरेकी उनी नेहा मगर नामले समेत चिनिन्थिन् । बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । 

 उनको हत्याको विरोधमा नेपाल मगर संघले दोषीलाई कडा कारवाही गर्न माग गरेको छ भने नेपाली फिल्मक्षेत्रका अभिनेत्रीहरु दोषीलाई कारवाही गर्न माग गर्दै सामाजिक सञ्जालमा पोखिएका छन् । फेसबुकमा केकी अधिकारीले योरुनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्तो लेखेकी छिन् । जुन लेखको सम्पादित अंश यस्तो छ । 

 यो पोस्ट लेखिरहँदा म आफूलाई एकदम लाचार अनि विवश महशुस गरिरहेकी छु । हरेक दिन जस्तै हामीले भोग्नुपरेका यस्ता घटनाले मलाई विचलित बनाउँछ । एक्लै कतै हिँड्न डर लाग्छ, पुरुषका हुल कतै देख्दा अर्कै बाटो खोज्न थाल्छु म । साँझ पर्ने बितिकै घर पुगिन भने आमा आत्तिन थाल्नुहुन्छ । बेलुका हिँड्नु ठिक होइन भन्नुहुन्छ ।

 विचरा ! आमा न हो छोरी को माया भैहाल्छ । छोरीको बलात्कार, अझ सामुहिक । अझ त्यसमाथि हिंंस्रक हत्याको समाचार छापिँदा कुन आमाको मन बिक्षिप्त नहोला र ? तर म प्रश्न गर्न हिच्किचाउँदिन आमासँग र साेध्छु, आमा मैले किन डराउनुपर्ने ? मैले त कसैको केही बिगारेको छैन ? तब आमा भन्नुहुन्छ तिमी छोरी मान्छे हौ तिमीले सधैं डराउनु पर्छ । 

यहाँ समाज परिवर्तन होला, सोच परिवर्तन होला भनेर म मेरी छोरीलाई खतराको मुखमा पु¥याउन सक्दिन भन्नुहुन्छ। हुन पनि हो, जति कराए पनि जति रोए पनि जति नै बिन्ती गरे पनि त्यो राक्षसीपन, अनि त्यो बर्बरता देखाइहाल्दा रैछन् । म थाकेर चुपचाप आमाको कुरा मानेर चाँडै घर आउनुबाहेक केही गर्न सक्दिन। मलाई माफ गरिदेइ बहिनी नेहा पुन। तिमीमाथि भएको घटनालाई लिएर यहाँ जति नै कराऔं, दोहोरि नै रहनेछन् । जति चिच्याए पनि आवाज दबाइनेछन् ।

 १. प्रेम नेहा पुन भर्खरै किशोरी उमेरको हुनाले प्रेम र प्रेमिकाको मामिलामा हत्या सम्मको जघन्य अपराध हुने गर्दछ , तसर्थ उनको मोबाइल, फेसबुक , कलेज , अफिस र साथीभाई मार्फत सम्भावित प्रेमी र प्रेम सम्बन्ध केलाउंदा केहि खुल्न सक्छ , अझ विवाहित पुरुष संग प्रेम रहेछ भने प्रेमीको श्रीमतीबाट हत्या योजना बन्न सक्छ , अर्को कुरा नेहाको प्रेग्नेंसी टेस्ट गर्दा सायद गर्भधारण हुँदा पनि स्थिति बिकराल हुन् सक्छ ।

 अर्को भनेको त्रिकोणात्मक प्रेम , जसमा एकोहोरो प्रेम गर्नेले आफु रिजेक्ट भए पछि या आफुले मन पराएको केटीले अर्कै केटा रोज्दा बदला भावमा हत्या गर्न सक्छ। २. घर परिवार र सम्पत्ति उनको पारिवारिक पृष्ठभूमि कस्तो छ , सम्पत्ति या विवाहको बारेमा घरमा खटपट थियो कि ? अथवा घरमा कुनै सदस्यको बारेमा अत्यन्त गोप्य कुरा थाहा पाउँदा कुरा खुल्ने डरले परिवारमै हत्या हुन सक्छ । उनको बाबु आमाको पेशा के हो ? 

अदालत , घर जग्गा, राजनीति आदिमा दुश्मनी हुँदा दुश्मनले उनको छोरी माथि बदला लिन सक्छ । ३. अफिस उनको अफिसमा अन्य स्टाफ हरु संग के कस्तो सम्बन्ध थियो , अथवा गत केहि दिन देखि उनले समकक्षीहरु संग केहि त्यस्तो कुरा गरेकी थिइन् ? अफिसको अत्यन्त गोप्य कुरा खुल्ने भयले यस्तो दुर्घटना कहिले कहीं हुन सक्छ , जस्तो भ्याट छली, घुस लेन देन आदि । 

 ४. फिल्मी क्षेत्र निज नेहा पुन २-३ वटा मगर फिल्मको नायिका भैसकेकोले नेहा संग बिगत केहि महिना/हप्ता बाट सम्पर्क र सम्बन्ध भएका फिल्म/म्युजिक भिडियो क्षेत्रका व्यक्ति बारे सोधपुछ अनुसन्धान गरिनु पर्छ , जसमा डाइरेक्टर /प्रोड्युसरले स्टोरी सुन्न या स्क्रिन टेस्ट भन्दै रुम सम्म पुर्याई संगै मादक पदार्थ सेवन गरी सके पछि अन्त्यमा शारीरिक सम्पर्क गर्न नमान्दा उक्त मदिराले बिबेकहिन भैसकेको पुरुषले उत्तेजित भई हत्या गर्न सक्छ , छाडिदिदा तुरुन्तै रेप केशमा जेल जानु पर्ने ठानी यस्ता अपराधीहरुले हत्यानै गर्ने गर्दछन।

 निज नेहा पुनको लाशको प्रकति हेर्न माथिको बस्त्र च्यातिएको खुलेको , एक तर्फ ब्रा समेत खुलेको देखिएको तर तल जिन्सको बटन क्लोज नै देखिएकोले बलात्कार प्रयास असफल भए पछि हत्या गरिएको सम्भावना अझ बलियो देखिन्छ। ५.सडक दुर्घटना मृतकको टाउकोको भागमा चोट देखिएकोले सडकमा अचानक गाडी/बाइकले ठक्कर दिंदा मृत्यु भए पछि हत्या लुकाउन अन्तै लागि लाश फालेको पनि हुन सक्छ , गाडीले हान्दा पनि माथिको वस्त्र यसरी फुत्किन्छ। ६ .अपराध गर्दै गर्दा देखिनु कुनै जघन्य अपराध हुँदै गर्दा दुर्भाग्यबश देखिन पुग्दा अपराधीले एउटा अपराध लुकाउन अर्को अपराध पनि गर्न सक्दछ तसर्थ उक्त दिन/रात या यो हप्ता पोखरा वरपर भएका अन्य आपराधिक घटनाको सम्बद्ध केलाइनु पर्छ।

 माथिका बाहेक अन्य धेरै कारणहरु हुन् सक्छन । किशोर अबस्थामा सामान्य २-४ हजारको लेनदेनमै पनि हत्या सम्मको अपराध हुन पुग्दछ। अब भनेको सम्पूर्ण जनसमुदायले आफ्नो घरछिमेकका शंकास्पद बारे प्रहरीमा जानकारी दिने , सम्पूर्ण संघ संस्था , राजनैतिक दलहरुले कोहि कसैलाई यो घटना बारे केहि क्लु भए नडराई गोप्य रुपमा भन्न लगाउने र सुरक्षाको अनुभूति दिलाउने कार्य गर्नु पर्दछ। आशा गरौँ अपराधी जो कोहि भए पनि छिट्टै न्यायको कठघरामा आइपुग्ने छ र मृतक नेहा पुनको आत्माले शान्ति पाउनेछ र घर परिवारले न्याय पाउनेछ।




प्रतिक्रिया दिनुहोस्...