-पारस शाहले भने- ‘म राजा बन्न पनि चाहन्न र कसैमाथी शासन पनि गर्न चाहन्न’...
२४ पुस-
पूर्व युवराज पारस शाहले आफूलाई राजा बन्ने कुनै रहर नभएको बताएका छन् । उनले आज फेसबुकमा स्ट्याटस लेख्दै आफू राजा बन्न नचाहेको र कसैमाथी शासन गर्न नचाहेको उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्ः ‘म राजा बन्न वा कसैमाथि शासन गर्न चाहन्न । यो कुरा मैले पहिलेदेखि नै भन्दै आएको हुँ र फेरि एकपटक प्रष्ट पार्न चाहन्छु, ।’
पूर्व युवराज शाहले आफू केवल देशलाई पुन ठीक बाटोमा ल्याउन चाहेको र त्यसका लागि आफूलाई युवा पुस्ता आवश्यक परेको उनको भनाई छ ।

