-चर्चित नायिका रेखा थापा र दिपाश्री निरौला पनि मिटरब्याजको धन्दामा संलग्न रहेको खुलासा!
मिटर ब्याजको धन्दाबाट रातारात करोडपति बन्न खोज्दा गायिका रेखा शाह श्रीमानसहित दुई साता प्रहरी हिरासतमा बस्नुपर्यो । क्यासिनोमा जुवा खेल्ने सन्दीप काफ्लेलाई लाखको प्रतिमहिना १० हजारका दरले उनले ब्याज लगाए पैसा असुल्दै आएकी थिइन् ।
यसैबीच काफ्ले फरार भएपछि काफ्लेका बुबालाई धम्क्याएको आरोपमा उनी पक्राउ परिन् । नेपाली कला क्षेत्रमा रेखाजस्तै अरु धेरे कलाकारहरु मिटर ब्याजको धनमा संलग्न छन् । कोहीले त्यही धन्दाबाट करोडौं कमाएका छन् भने केही टाट पल्टिएका छन् । नायिका दीपाश्री निरौलादेखि रेखाथापासम्मले मिटर ब्याजमा पैसा लगानी गरेका छन् ।
उनीहरुले पहिला बानेश्वरमा रोजमारी रेष्टुरेन्ट चलाउने फिल्म निर्माता ध्रुव न्यौपानेलाई पैसा लगानी गरेका थिए । न्यौपाने समस्यामा परेपछि उनीहरुलाई पैसा उठाउन निकै सास्ती भएको थियो । हेटौंडाको जग्गा लिएर उनीहरुले न्यौपानेसँग पैसा असुलेका थिए । निर्देशक उज्जल घिमिरेको पैसा त अझै उठेको छैन । न्यौपाने पनि यतिबेला उपत्यकाबाट विस्थापित भइसकेका छन् । दृष्टि साप्ताहिक बाट
श्रोत : न्युज 24 नेपाल टिभी

