-प्रेममा धोका पाएपछि घरबार बेचेर दुनिया घुम्न निस्केकी यी युवती, नेपाल घुमेर खिचिन् यस्ता फोटा (फोटो फिचरसहित)..

प्रेममा धोका पाउनु कम्ता पीडादायी हुँदैन । धोकाले बनाइदिएको घाउ निको पार्न र पीडा कम गर्नका लागि प्रेमका घाइतेहरुले विभिन्न उपाय अपनाउँछन् । कतिले प्रेमगीत लेख्छन् त कति रोएरै मन पखाल्छन् भने कति गुप्तबास त कति भ्रमणमा निस्कन्छन् । बेलायतकी युवतीले अन्तिम विकल्प रोज्दै पीडा भुलाउनका लागि धनसम्पत्ति बेचेर दुनिया घुम्न निस्किएकी छिन् ।बेलायतको म्यानचेष्टर सहरकी बासिन्दा केटी कोलिन्सले प्रेममा धोका पाएपछि केवल हुँदाखाँदाको जागिर मात्र छाडिनन् घर तथा धनसम्पत्ति बेचेर दुनियाको भ्रमणमा निस्किन् ।

३० वर्षकी केटी एक एयरपोर्टमा पब्लिक रिलेसन अफिसरको जागिर गर्थिन् । उनी एक युवकसँग प्रेममा थिइन् र उनीहरुको प्रेमजिवन निकै रोमान्चक तरिकाले बितिरहेको थियो । तर एक दिन अचानक उनको ब्वाफ्रेण्डले उनलाई धोका दियो र केटीसँग ब्रेकअप गर्यो ।प्रेममा धोका पाएपछि निकै निरास तथा उदासी बनेकी केटीले जागिर छाडिन् र आफ्नो घरपनि बेचिन् । जागिर छाड्दा उपदान तथा अन्य रकम राम्रै प्राप्त भएको थियो । उक्त रकम लिएर उनी एसियाका विभिन्न देशको भ्रमणमा निस्किइन् । त्यसक्रममा उनले नेपाल, भारत तथा थाइल्याण्ड लगायतका देश घुमिन् ।

प्रेमीबाट धोका पाएपछि आफु निकै दुखी भएको र सुरुमा दिनहुँ एक्लै बसेर रुने गरेको भन्दै उनले तर एकदिन आफुले सबैकुरा भुलेर विश्वको भ्रमण गर्न निस्कने सोँचाइ बनाएको र सोही मुताबिक जागिर छाडेको, घर बेचेको र प्राप्त पैसाले भ्रमणका लागि टिकट बुक गरेको बताएकी छिन् ।नेपालमा उनले ४ दिनको हिमालयन पदयात्रा गरेको बताएकी छिन् र आफ्नो यात्राका क्रममा खिचेका विभिन्न सुन्दर तस्वीरहरु पनि आफ्नो ब्लगमा राखेकी छिन् । Source: Taja Khabar




प्रतिक्रिया दिनुहोस्...