-प्रधानमन्त्री ओलीलाई सुष्मा स्वारजको फोन, नाकाबन्दी खोल्न २ शर्त..Read More News..
मंसिर, काठमाडौं ।भारतले जारी नाकाबन्दी खोल्नका लागि सरकारसँग शर्त राखेको छ । मधेशीहरुका माग पुरा गर्न संविधान संसोधन गरने र सीमाङ्कनको मुद्धा कम्तिमा ६ महिना भित्र टुङ्गो लगाउने गरि सहमति भएमा नाका खोल्न तयार रहेको संकेत दिल्लीले दिएको छ ।भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन सम्पर्क गरेर नाका खोल्नका लागि भारतका शर्तबारे जानकारी गराएकी हुन् ।परराष्ट्रमन्त्री कमल थापा दिल्ली भ्रमण गरेर फर्किए लगत्तै सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई फोन गरेर यस्तो शर्त राखेको बालुवाटार श्रोतले बताएको छ ।
संसदमा प्रस्तुत हुन बाँकी रहेको अघिल्ले सरकारका पालको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्ने र समानुपातिक समावेशी सहितको संशोधन बिधेयक अघि बढाउने र दलीय संयन्त्रबाट छ महिना भित्र सीमाङ्कन टुङ्ग्याउन तयार भए नाकाबन्दी खोल्न तयार रहेको भारतीय संकेत रहेको श्रोतको भनाइ छ ।मधेशका नेताहरुले भने भारतीय नाकाबन्दी खुले पनि आफ्नो राजनीतिक स्पेसका लागि आन्दोलन जारी राख्ने संकेत दिएका छन् ।परराष्ट्रमन्त्री थापाले भारतको चर्चित पत्रिका हिन्दुलाई दिएको अन्तर्वार्तामा ३ चरणमा समाधान गर्ने गरी सहमति भैसकेको दावी गरेका छन् । उनले गरेको संकेत अनुसार नै भारतबाट फोन आएको बताइएको छ ।

