- Breking News..सुनसरीको इँटाभट्टामा विस्फोट, ६ जनाको घटनास्थलमै मृत्यु, ४० बढी घाइते
सुनसरी : सुनसरीको इटहरी १५ स्थित न्यू जय नेपाल इटाभट्टामा सोमबार साँझ आगलागी भएर विस्फोट हुँदा ७ जना मजदुरको मृत्यु भएको छ।विस्फोटमा परी बीस भन्दा बढी मजदुरहरु घाइते भएका छन् । विस्फोट भएर इटाभट्टी भत्किँदा केही मजदुरहरु हताहत भएका आशंका गरिएको छ। इटाभट्टामा आगो बाल्ने क्रममा ग्यास थुनिएर चिम्नी विष्फोट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी कोइरालाले बताएका छन् ।घाइतेहरुको उद्धार गर्ने काम भइरहेको छ। घाइतेहरुलाई धरान, विराटनगरलगायतका स्थानीय अस्पतालमा लगिएको छ।
अस्पतालमा पुर्याइएका केही घाइतेको अवस्था गम्भीर रहेको छ। घटनास्थलमा सुरक्षाकर्मीसहितको टोली पुगेर छानबिन थालेको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरुमा भारतको विहार घर भई इटाभट्टामा काम गर्दै आएका मजदुर मिथिलेस पासवान, इटहरी १६ की भगली देवी चौधरी र इटहरी २० का शिवनारायण चौधरी रहेका छन् ।
आगलागिमा परी मृत्यु हुने अन्यको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।घटनापछि इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी, इनरुवा, इटहरीबाट गएको दमकल र स्थानियवासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् । आगो नियन्त्रण गर्ने क्रम जारी रहेकोले घटनाको विस्तृत विवरण आउन सकेको छैन। Source: Taja Khabar

