-Breking News.. बर्खरै अस्पतालमा आगलागी हुँदा २१ विरामीको मृत्यु...

मस्को : रसियाको एक अस्पतालमा आइतबार बिहान सबेरै भएको आगलागीमा परी कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।

दक्षिणपश्चिमी रसियाको भोरोनेज क्षेत्रमा रहेको एक मानसिक रोगीहरुको उपचार गर्ने अस्पतालमा सो आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


रसियाको आपतकालीन सेवासम्बन्धी मन्त्रालयले जनाएअनुसार उक्त अस्पतालको एक भवनमा बिहान अकस्मात आगोको मुश्लो देखिएको थियो र त्यहाँबाट उद्वार गरी केही व्यक्तिलाई त्यहाँबाट निकालिएको थियो ।

जलेको भवनबाट उन्नाइसवटा शव निकालिएको थियो भने अरु दुई जनाको अस्पतालमा निधन भएको छ, रसियाली रिया नोभोस्ती समाचार समितिले जानकारी दिएको छ ।

सो समाचार समितिले दुई जना व्यक्ति अmझै बेपत्ता रहेका जनाएको छ । सो समितिले उक्त अस्पतालमा आइतबार बिहानैदेखि उद्वारको काम जारी रहेको जानकारी पनि दिएको छ ।

रसियाली अर्को समाचार समिति तासले सो जलेको भवनबाट ५५ जना घाइतेलाई उद्वार गरिएको जनाएको छ । ती मध्ये २१ जनाको अवस्था गम्भीर रहेको छ र उनीहरुलाई उपचारका लागि अर्कै अस्पताल भर्ना गरिएको छ ।

मारिएकाहरुमा निकै गम्भीर अवस्थामा रहेका अथवा थला परेका विरामीहरु नै रहेका छन् । उनीहरु आ आफ्नो शैयामा नै जलेर मरेका थिए ।

सो अस्पतालमा लागू पदार्थका अम्मलीका साथै पुनस्र्थाना वा सुधार गृहमा राख्दा पनि निको नभएकाहरुलाई उपचारका लागि ल्याउने गरिन्छ ।

साथै मानसिक स्वास्थ्यका विरामी पनि सो अस्पतालमा उपचार गर्ने गरिन्छ । आइतबारको सो आगलागीमा परी मृत्यु हुनेमा यस्तो गम्भीर प्रकृतिका विरामी नै परेका छन् ।

यस आगलागीको कारण खुलेको छैन । अहिले सो आगालागी भएको क्षेत्रमा उद्वारको काम नै जारी रहेको तर यसको कारणका बारेमा पनि अनुसन्धान जारी रहेको बताएका छन् ।

यस विषयमा अस्पतालले अहिले नै केही बताएको छैन । अस्पतालका तर्फबाट कुनै आगलागीको कारणका बारेमा कुनै औपचारिक जानकारी आएको छैन ।

स्थानीय सञ्चारमाध्यमहरुले उक्त भवन काठले बनेको र आगलागीका कारण पूरै जलेको अवस्थामा रहेका तस्वीरहरु देखाएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्...