-यसरी भिजेकी थिइन् सुष्मा कार्की खोलामा हेर्नुस्.. आजको फिल्म सुटिंग .( भिडियो सहित ) ..

काठमाण्डौँ । मौसम जाडो थियो । वरीपरी सबैका शरीरमा बाक्ला–बाक्ला कपडा थिए । तर, अभिनेत्री सुष्मा कार्की खोलाको विचमा उभिएर पानीमा भिज्दै थिइन् । उनलाई बोक्दै थिए, मोडल केवल भुजेल । केही दुवैको शरीरमा पानी छ्याप्दै थिए । कहिले चिसो पानीसँग डराउँदै सुष्मा भाग्थिन्, त कहिले शरीर कपाउँदै भए पनि भिज्न तयार हुन्थिन् । दृश्य रमाइलो थियो, लोभलाग्दो थियो । खोलाको दाँया र बाँया दुवैतिर उनीहरुलाई नियाल्नेको भिड पनि कम थिएन् । 

शनिवार साँझ चारवजे भक्तपुरस्थित पेप्सिकोलाको एक खोलामा देखिएको दृश्य हो यो । तर, दृश्यमा देखिएजस्तो रमाइलो गर्नकै लागि सुष्माले खोला रोजेकी भने होइनन् । संचारकर्मबाट गायकका रुपमा डेब्यू भएका सुरज पौडेलको एक गीतको भिडियोमा अभिनय गर्न उनी त्यँहा पुगेकी थिइन् । ‘गोलीले लागेझै नजरले हानिदेउ’ बोलको गीतको छायांकन त्यँहा भइरहेको थियो । सुष्मा र केवल अभिनय गरिरहेका थिए । 

यस्तो जाडोमा पानीमा भिज्दै अभिनय गर्दै हुनुहुन्छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘हो नि । म त जाँडोले कापिसके । त्यँही पनि कथाले मागेपछि गर्नैप¥यो ।’ पहिलोपटक सुष्मासँग स्क्रिन शेयर गर्न पाउँदा केवल दंग थिए । भन्दै थिए, ‘सुष्माजीसँग काम गर्न पाउँदा रमाइलै भइरहेको छ । धेरै कुरा सिक्ने मौका पाए ।’ सुष्मा अभिनित फिल्म ‘चलेछ बतास सुस्तरी’ प्रेम दिवसको दिन पारेर प्रर्दशन हुदैँछ ।
 हेर्नुस् भिडियो :- 




प्रतिक्रिया दिनुहोस्...