-गगन थापाको प्रधानमन्त्रीलाई धरो झटारो.....हेरौ के रहेछ त ...? (भिडियो सहित) ...

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी ओली नेतृत्वको वर्तमान सरकार बरालिन थालेको बताएका छन् । काठमाडौं कांग्रेसले काठमाडौं गरेको दबाव र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै थापाले सहयोग नगरेको सरकारको गुनासोको प्रतिवाद गरे । ‘म सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, सबैभन्दा पहिला आफ्नो सरकारलाई सम्हाल्नुस्, सरकार बरालिएको छ’ -

उपप्रधानमन्त्रीहरु आ-आफ्नै तालमा अभिव्यक्ति दिएर हिडिरहेको भन्दै उनले भने-‘उपप्रधानमन्त्रीहरुको प्रधानमन्त्री र प्रधानमन्त्रीको पनि नेता प्रचण्ड, जसले भर्खरै आफ्नो दस्तावेजमा भन्नुभयो, एमाओवादीका लागि सबैभन्दा ठूलो शत्रु राप्रपा नेपाल र त्यो प्रवत्ति हो ।’ उनले अघि भने-‘यो सरकार जुन गठवन्धन बनेको छ, यसले एउटा आधिकारिक धारणा मात्र बनाउन सक्यो भने पनि सम्वादमा सहयोग पुर्‍याउँछ । सरकार नबरालियोस् ।’ संविधान बनेपछि पनि नेपाल फेरि हार्ने त होइन भन्ने लाग्न थालेको भन्दै उनले भने-संविधान बनाउन बलिदान दिन तयार भएका नेपालीहरु आज किन यहि संविधानविरुद्ध आक्रोसित भएका छन्, सोच्ने बेला आएको छ ।’ उत्कृष्ट संविधान बनाउँदा पनि केही भूल भएको भन्दै अन्तरिम संविधानले सुनिश्चित गरेका कुराहरुलाई संविधानमा सुनिश्चित गर्न र संविधानमा भएका कुरा समेत बेलामा गएर जनतालाई भन्न नसकेको बताए । संघीयतालाई सम्हालिएर लिएर जान नसकेको भन्दै कांग्रेस नेता थापाले भने-‘परिपक्क ढंगले निर्णय गर्न सकेनौं । कहिले ६, कहिले ८ र कहिले ८ भन्यौं । यसले केही न कहिँ आफूलाई सम्बोधन गरेन भन्ने परेको छ ।’ मधेसमा आन्दोलन भएको सत्य भएको भन्दै उनले संविधान निर्माणमा दलहरुले देखाएको एकताबाट भारत विचलित भएको र उ संविधान निर्माणप्रति सन्तुष्ट नभएकाले आजको परिस्थिति भोग्नु परेको बताए । कांग्रेस सांसद थापाले-यो वार्ता केवल औपचारिकता मात्र सिमित नहोस् । कसैले बिरहको गीत सुनाउने, कसैले उखान टुक्का सुनाउनेमा सिमित नहोस् । सबै पक्ष गम्भीरताका साथ प्रस्तुत होस् ।’ उनले मधेसमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका नेताहरुलाई सम्वादलाई नविथोल्न आग्रह गरे ।




प्रतिक्रिया दिनुहोस्...