-भक्कानीदै प्रधानमन्त्रीले भने–मैले सकिन, सपना सबै चकनाचुर भयो..म हारे..

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाको आन्दोलन र भारतीय नाकाबन्दीका कारण आफ्नो सरकारले सोचे अनुरुप काम गर्न नसकेको बताएका छन् ।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका अधिकारीहरुसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले आफुले काम गर्न नसकेको स्विकार गरेका हुन् ।

उनले सरकारले जनताको चाहना बमोजिम काम गर्ने योजना बनाए पनि आफु अलमलमा परेको बताए । ओलीले आफ्नो इच्छाशक्ति भएपनि काममा विभिन्न बाधा अड्चन आएको पनि बताए ।
उनले नाकाबन्दी खुलाउन र मोर्चालदाई सहमतिमा ल्याउनकालागि उच्च पहल भैरहेको पनि बताए । प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा– प्रतिष्ठानको भूमिकालाई प्रभावकारी बनाई जनस्तरमा असर पार्न सक्नुपर्ने पनि बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै उनले प्रतिष्ठानले नेपाली समाजलाई रुपान्तरण गरी विचार प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ, यसप्रति सम्पूर्ण देशवासीको अपेक्षा छ भनेका छन् ।

प्रधानमन्त्रीले देश बनाउने आफ्नो ठूलो सपना भए पनि भूकम्प र सीमा क्षेत्रमा भएको अवरोधका कारण ध्वस्त बनाएको भनी चिन्ता व्यक्त गर्दै यसले मुलुकलाई खर्बौँको क्षति मात्र पुगेको नभई सामाजिक क्षेत्रमा गहिरो असर पुगेको बताए र यस्तो बताइरहँदा प्रधानमन्त्री ओली अलि बढी भाबुक बनेका थिए । Source: NP KHABAR 




प्रतिक्रिया दिनुहोस्...