-म्यानमारमा पहिरो जाँदा ९० जनाको मृत्यु..

याङ्गोन ६ मङ्सिर-
उत्तरी म्यानमारको कचिन राज्यमा गएको भीषण पहिरोमा परी कम्तीमा ९० व्यक्तिको मृ्त्यु भएको समाचार छ । अधिकारीहरु आइतबार उक्त जानकारी दिएका छन् ।


उद्धारकर्ताहरुको एक समूहले उद्धारकार्यलाई लगातार जारी राखेका बताइएको छ उद्धारकर्ताहरुले नोभेम्बर २१ मा ७९, नोभेम्बर २२ मा ११ व्यक्तिको शव निकालेपछि सो सङ्ख्या ९० पुगेको बताइएको छ ।

पहिरोमा अझै के कति सङ्ख्यामा व्यक्तिहरु पुरिएका छन् भने थाहा नभएको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ । एएफपी



प्रतिक्रिया दिनुहोस्...