Breking News..बर्खरै मलेसियामा सुतेकै ठाउँमा नेपालीको मृत्यु...

 ३ मंसिर-
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीको सुतेकै स्थानमा मृत्यु भएको छ । म्याग्दीको दाना गाविस वडा नं. १ काभ्रेका समबहादुर पुनको राती सुतेकै स्थानमा मृत्यु भएको हो ।


बेलुका खाना खाएर सुतेका पुन बिहान अबेरसम्म पनि नउठेपछि हेर्न जाँदा मृत अवस्थामा फेला पारिएको उनका साथी बलबहादुर दर्जीले जानकारी दिए । एक वर्ष अघि मलेसिया गएका पुनको शव पोष्टमार्टमका लागि त्यहाँको अस्पतालमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्...