-यसरी भएको थियो सयौंको ज्यान एकै चोटी जानेगरी पेरिस हमला! (भिडियो सहित) ..

गएराती फ्रान्सको पेरिसमा भएको आक्रमणको जिम्मा मुस्लिम अतिवादी संगठन स्लामिक स्टेट (आइएस) ले लिएको छ ।

आइएसले विज्ञप्ति निकालेर आफूहरुले पेरिसमा आक्रमण गरेको जनाएको हो ।
खासगरी इराक र सिरियालाई केन्द्र बनाएर आक्रमण र आपराधिक गतिविधि गर्दै आएको आइएसले अन्य देशहरुमा समेत आफ्नो प्रभुत्व जमाउन थालेको छ ।
हमलामा परी अहिलेसम्म १ सय ५० जनाको मृत्यु भएको छ । भने सयौं घाइते भएका छन् । पेरिसका विभिन्न ठाउँमा गएराती एकैपटक छुट्टाछुट्टै आक्रमण भएको थियो ।
यो हमलालाई दोश्रो विश्वयुद्ध पछिकै ठूलो हमलाका रुपमा हेरिएको छ ।

यसरी भएको थियो आक्रमण हेर्नुहोस् भिडियोः






प्रतिक्रिया दिनुहोस्...