-टर्कीको लडाकु विमानले सिरियन सीमा क्षेत्र नजिकै रसियन लडाकु विमान खसाल्यो....
मंसिर ८, २०७२- टर्कीको लडाकु विमानले सिरियाको सीम क्षेत्र नजिकको आफ्नो हावई क्षेत्रमा बिना अनुमति प्रवेश गरेको भनि रसियन लडाकु विमानलाई खसालिदिएको एक सैनिक अधिकारीले बताएकाछन् ।
टर्कीको एफ–१६ले उक्त लडाकु विमानलाई प्रहार गर्नु पूर्व बिना अनुमति आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको बताएको सैनिक अधिकारीले रोयटर्ससँग दाबि गरेका छन् ।
टर्कीको एक स्थानिय टेलिभिजनले एक लडाकु विमान आगो लागेर झरिरहेको दृश्य प्रसारण समेत गरेको छ । उक्त विमान उत्तरी सिरियाको टर्किस सीमा नजिक ‘टर्कमेन माउन्टेन’ भन्ने ठाउँमा खसेको बताइएको छ ।
एक आर्को टेलिभिजनले भने लडाकु विमान खस्दै गर्दा पाइलट प्यारासुट खोलेर झर्दै गरेको दृश्य प्रसारण गरेको छ ।
हाल उक्त क्षेत्रमा रसियाका लडाकु विमानहरुले सिरियाली राष्ट्रपति बसारअल असादको विरोधी माथि हवाई आक्रमण गरिरहेको थियो । यस्तै टर्कीले यसअघि नै टर्किस् मुलका सिरियनहरु माथि भएको हवाई आक्रमणको विरोध गर्दै आइरहेको थियो ।
टर्किस प्रधानमन्त्रीले यसै विषयमा सैन्य प्रमुख र परराष्ट्रमन्त्रीसँग छलफल समेत गरेका छन् । उनले परराष्ट्र मन्त्रालयलाई नेटो, संयुक्त राष्ट्रसंघ र सम्बन्धित देशसँग छलफल गर्न निर्देशन समेत दिएको बताइएको छ ।
प्रकाशित: मंसिर ८, २०७२

